
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव एउटै मञ्चमा देखिने भएका छन् । प्रतिबन्ध फुकुवा भएपछि विप्लव प्रधानमन्त्रीसँग एउटै मञ्चमा देखिने भएका हुन् ।
शुक्रबार दिउँसो २ बजे आयोजित सभालाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने छन् । राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गरिनेछ।
मङ्गलबार सरकार र विप्लव समूहले वार्ता समिति गठन गरेका थिए । बुधबार दुई चरणमा भएको छलफल र बिहीबार बिहान भएको वार्तामा सरकारसँग सहमति भएको थियो ।
सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ । सहमतिपछि विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिमा आएको छ । हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।
हे’र्नुहोस् प्रेसनोट:-