शुक्रबार २२ मंसिर २०८०

वि.सं. २०७८ आश्विन २६ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ अक्टोबर १२ तारिख, रा’क्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०५:३६ बजे, चन्द्रोदय : दिउँसो १०:४६ बजे र चन्द्रास्त : बेलुका १०:४५ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०५:२९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०५:४१ बजे,

आश्विन शुक्लपक्षको सप्तमी तिथि, मध्यरात्रीपछि ०१:४९ बजेसम्म, त्यसपछि अष्टमी तिथि, मूल नक्षत्र, साँझ ०४:२० बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त), शोभन योग, दिउँसो ०२:२३ बजेसम्म, त्यसपछि अतिगण्ड योग, सुरुमा गर करण दिउँसो ०२:५७ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि ०१:४९ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, आनन्दादि योग : छत्र, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : वायव्य, वारशूल : उत्तर, कालराहु चक्रमा का’लको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : फूलपाती, नवपत्रिका प्रवेश, नवरात्रअन्तर्गत श्री कालरात्री भगवतीको आराधना, सरस्वतीको आह्वान, माता अन्नपूर्णा परिक्रमा प्रारम्भ, अश्वारूढा दुर्गा आगमन, आजको मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अ’ग्निवास (सामान्य य’ज्ञ र ह’वन गर्न मिल्ने दिन), कलशचक्र,

आगामी ३ दिनभित्र पर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २७ गते : महाष्टमी व्रत, बुधाष्टमी व्रत, मध्यरात्रीमा का’लरात्रि (महानिशा पूजा), नवरात्रअन्तर्गत श्री महागौरी भगवतीको आराधना, सरस्वती पूजन, गोरखकाली पूजा, कुलक्षीभ्वय, माता अन्नपूर्णा परिक्रमा समा’प्ति, मूहुर्त : दीक्षाग्रहण (मन्त्र लिने), कलशचक्र,

२८ गते : महानवमी, नवरात्रअन्तर्गत श्री सिद्धिदात्री भगवतीको आराधना, दुर्गा नवमी, चण्डिका भगवतीको पूजा तथा बलिदान, मन्वादि, स्याक्वट्याक्व, सरस्वती विसर्जन (श्रवण नक्षत्रमा), मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अ’ग्निवास (सामान्य य’ज्ञ र ह’वन गर्न मिल्ने दिन), कलशचक्र, मुठी लिने दिन,

२९ गते : विजया दशमी, दशैंको टीका, नवरात्रअन्तर्गत श्री अपराजिता भगवतीको आराधना, नवरात्र व्रतको पारणा, खड्ग यात्रा, देवी विसर्जन, शमी दर्शन (चालँ), जयन्ती दर्शन, नीलकण्ठ दर्शन, विजययात्रा, गजारूढा भगवती दुर्गाको फिर्तीसवारी, बौद्धावतार, श्री साईबाबा पुण्यतिथि, मूहुर्त : अन्नप्राशन(पास्नी), शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, पुराणश्रवण, कलशचक्र,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाचस्पतये नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

स’ङ्कटको सा’मना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ । सवारी साधन हाँ’क्दा अपनाएको सचेतताका कारण चो’टपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । वि’परीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ । आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कात्यायनी भगवत्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

त’र्क, वि’वाद र प्रति’स्पर्द्धामा प’कड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्र’तिस्पर्द्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ । आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ क्रां क्रीं क्रौं स: भौमाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मतिभ्र’ष्ट हुने समय छ, सचे’त रहनु होला । आत्मबलमा कमी आउने छ, निर्णय कार्यान्वयन हुन सक्दैनन् । ह’ल्लाको भर पर्दा दुस्ख पाइने छ तर मिहिनेत गर्दा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ, तर मन भावना, खेलवाड र कल्पनामा अल्मलिन सक्छ । आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऐं सरस्वत्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

घरायसी कामधन्दाका लागि खट्नुपर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन । रो’मान्स र प्रे’मप्रसङ्गमा समेत नर’माइलोपन आउने छ । दबा’ब र त’नाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दि’क्क लाग्नेछ । जि’द्दीपनाले गर्दा काम बि’ग्रने ड’र छ । आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भ्रामरीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रो’किएका काम पुन: सुरु हुनसक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्टान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कमलायै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दो’धारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : सिम्रिक रा’तो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । सामान्य कुरामा रुम’लिनु राम्रो हुँदैन । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । यद्यपि श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुने छैन, धनसङ्ग्रहका क्षेत्रमा बा’धा भए पनि आम्दानीमा कमी हुने छैन । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

मनमा उत्सा’ह र उ’मङ्गको कमी देखिने छ, श’त्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला । मातापिता र अभिभावक वर्गसँग सामीप्य राख्न सके राम्रो हुन्छ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको जाति हुन्छ । घरपरिवारमा सामान्य छ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्माधिष्ठातृदेवेभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

२९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया