
पोखरा / पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अप’राह्न दु’र्घटना भएको छ ।
पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल ख’सेको प्रह’रीले जनाएको छ ।
पोखराबाट जिल्लाको पर्यटकीय स्थल घान्द्रुक जाँदै गरेको जीप दु’र्घटना हुँदा ८ ज’नाको ज्या’न गएको छ । भने एक जना गम्भिर घा’इते भएका छन् ।मृ’तक सबैको श’व पोखरा ल्याइँदै गरेको प्रह’रीले जनाएको छ । मृ’तकको परिचय भने खुलिसकेको छैन ।
जिल्ला प्र’हरी कार्यालयका प्रह’री नायब उपरीक्षक सुवास हमालले दुर्घट’नाको जानकारीपछि प्र’हरी टोली घट’नास्थलतर्फ जाँदै गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “दु’र्घटनामा परेर केहीको मृ’त्यु भएको भन्ने जानकारी आएको छ, हामी घट’नास्थलतर्फ जाँदैँछौँ, अस्प’ताल ल्याएपछि मात्र अवस्था थाहा होला ।” घट’नाको विस्तृत विवरण आउन बाँकी छ ।
स्थानीय प्रहरी तथा स्थानीयवासीले घा’इतेको उ’द्धार गरी अ’स्पताल ल्याउँदै गरेको अन्नपूर्ण–११ का वडाध्यक्ष हिम गुरुङले जानकारी दिनुभयो । जीप रिजर्भ गरेर घुम्नका लागि आएका पर्यटक दुर्घ’टनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।