आइतबार ३१ आश्विन २०७८

काठमाडौं / हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्।

पोखरेल नेपाल सरकारको न्या’य सेवाकी अधिकृत हुन्। गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्ब’न्धविच्छेद गरेका थिए। उनले विवाह पछी सामाजिक सन्जालमा लेख्दै भनेका छन, आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी ! जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्ष पहिले का’नुनी रुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैति’कताको छ ।

जीवनयात्राको दौ’रानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथ दिने सहयात्रीको अभाव समय क्रममा ख’ड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो ।

यसै क्रममा नेपाल सरकारको न्या’य सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।

एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्याैं । अगाडि आईपर्ने सु:ख/दु:खलाई मिलेर स्वीकार र प्र’तिकार गर्ने सं’कल्प लियाैं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो ।सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ- कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखि’दिनुहोला ।

मन्जुजीको इज्जत र प्रतिष्ठामा आँ’च आउने अम’र्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीका लागी प’रपीडक ट्रोल र भिडियो नबनाईदिनु होला !कसैको निजी जीवनका बारेमा कपोक’ल्पित समाचार बनाउने, अस’म्बन्धित मान्छेसँग नाम जाेड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु ।

त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनाबश्यक सामग्री बनाउने का’नुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु । बिगतका अ’राजक अन्तर्वार्ता, असा’माजिक क्रियाकलाप तथा अ’भद्र ‘व्य’वहा’रका कारण म र मेरा छोराछोरीले ठूलो आ’घातबाट गुज्रनु परेको छ ।

त्यस्ता क्रियाकलापलाई स्थान दिने, उ’चाल्ने र गिजो’ल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ- कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सन्जालको च’रम दुरु’पयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्नुहोला ।

अ’न्त्यमा, पुनः सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवकाे दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ ।

अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेका छौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद 🙏
नवदुर्गा भवानीले सबैको रक्षा गरुन् । बडादशैँकाे हार्दिक शुभकामना ।

१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया