सोमबार १५ जेठ २०८०

जाजरकोट / जिल्लाका दुई इमानदार युवाले बाटोमा पाएको एक लाख रुपैयाँ प्रहरीमार्फत सम्बन्धित ब्यक्तिलाई बुझाएका छन् ।

जिल्लाको कुशे गाउँपालिका- २ स्थायी घर भइ प्रधानमन्त्री आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई जाजरकोटमा जेटिए पदमा कार्यरत सुवास सिंह र भेरी नगरपालिका ४ घर भई सोही कार्यालयमा जेटिए पदमा कार्यरत २३ बर्षीय धर्म चन्दले भेरी नगरपालिका ४ गैरीखालीस्थित सडकमा आज विहान एक लाख रुपैयाँ फेला पारेका थिए ।

‘घुम्न निस्केका थियौं । बीच सडकमा प्लाष्टिकको झोलामा बेरेको सानो पोेको भेट्यौ । के रहेछ भनेर खोलेर हेर्दा एक लाखको गड्डी रहेछ । हामीले तत्काल प्रहरीलाई बुझाईदियौ,’ चन्दले भने ।

रकम ह’राएको करिब १८ घण्टापछि सम्पर्कमा आएका कुशे गाँउपालिका ९ मेलविसाउना निवासी ४५ वर्षीय धर्मे सार्कीलाई उक्त रकम हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले बताए ।

उनकाअनुसार रकम हराउने धर्मे कमाइका लागि केही समयअघि भारत गएका थिए । भारतबाट दशैँ मनाउन घर फर्केने क्रममा नेपालगञ्जमा भारतीय रुपैयाँ सटाएर शनिबार मात्र जाजरकोट सदरमुका आइपुगेका थिए । मदि’रा से’वन गरेका कारण उनले रकम ह’राएका थिए ।

म’दिराको न’शाले छो’डेपछि शनिवार विहानमात्र रकम ह’राएको थाहा पाएका उनले सोधीखोजी गर्दा प्रह’रीको सम्प’र्कमा आएको र उनको बयानका आधारमा रकम उनकै भएको यकिन गरेर रकम फे’ला पार्ने ब्यक्तिको रोहवरमा हराएको एक लाख रुपैयाँ हस्तान्तरण गरिएको प्रहरी प्रमुख थापाले बताए ।

रकम पाएपछि धर्मेले भने, ‘दिनरात अर्काको देशमा प’सिना बगाएर कमाएको रकम हराए पनि फेला पर्‍यो । सत्यको धन रहेछ । कोही नहुनेको दैव हुन्छ भनेको साँच्चै रहेछ । अब यस्तो ग’ल्ती कहिल्यै गर्दिन ।’ रकम फेला पारेर इमान्दारपूर्वक प्रहरीलाई बुझाउने दुवै युवालाई प्रहरी प्रमुख थापाले धन्यवाद ज्ञापन गरे ।

२३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया