शुक्रबार ०५ कार्तिक २०७८

काठमाडौं / नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बिहानै बस्ने भएको छ । सरकारमा जाने नेताहरुको अन्तिम तथा औपचारिक निर्णय गर्न आज सचिवालय बैठक बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने नेताहरुको नाम लगभग तय गरिसकेको छ । नेता बि’रोध खतिवडाको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले सरकारमा जाने निर्णय गरिसकेको छ । जसमा वि’रोध खतिवडालाइ सहरी विकास मन्त्रालयकाे जिम्मेवारी दिइनेछ ।

प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमा, रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पठाउने लगभग तय भएको छ । त्यस्तै राज्यमन्त्रीमा श्रम मन्त्रालयमा किसान श्रेष्ठ र राज्यमन्त्रीमा भवानी खापुङलाई पठाउने तयारी भएको प्रवक्ता खतिवडाले बताएका छन् ।

अहिले बस्नै सचिवालय बैठकले यसबारे औपचारिक घोषणा गर्ने जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने र ४ बजे मन्त्रीहरुलाई सपथ गराउने तयारी भइरकेको छ ।

९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया