
प्रत्येक वर्ष हिन्दु धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म लगातार दश दिनसम्म मनाइने परम्परागत पर्वलाई दशैं भनिन्छ । दश दिनसम्म लगातार शक्तिकी अधिष्ठात्रि देवी दुर्गाको उपासना र पूजा गरी मनाइने हुनाले दशैं नामाकरण गरिएको पाइन्छ ।
अर्कोतिर लगातार नवरात्रिभर अर्थात् प्रतिपदादेखि नवमीसम्म क्रमशः शैलपुत्री, ब्रह्मचारिणि, चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, का’लरात्रि, महागौरी र सिद्धिरात्रि गरी नौ देवीको नाममा श’क्तिको पूजा गरिन्छ ।
कतै नीलकण्डी, क्षेमङकरी, हरिसिद्धि, रुद्रांसदुर्गा, वाणादुर्गा, अग्निदुर्गा, जयदुर्गा, विन्ध्यवासिनी दुर्गा र रियुमारी दुर्गा गरी नौ देवीको नाममा श’क्तिको पूजा गरिन्छ। यीमध्ये जुन देवीको नाममा पूजा गरे पनि नौ देवीको पूजा गरिने हुनाले यस पर्वलाई नवरात्र भनेर पुकारिन्छ। यो वर्ष बिहिबारदेखि दशैं प्रारम्भ हुँदैछ ।
बिहिबार विधिवत रुपमा घटस्थाना गरेपछि नवरात्री प्रारम्भ हुनेछ । हिन्दु धर्ममा नौरथामा देवीको पूजा आराधना तथा नौ दिनको ब्रतको धेरै महत्व रहेको छ । घटस्थापनादेखि प्रारम्भ हुने नौरथाका नौ दिनमा ब्रत राख्नेहरुका लागि केही नियमहरु पनि छन् ।
नौरथामा के–के कुरामा ध्यान दिनु पर्छ भन्ने बारेमा केही जानकारी :
नौरथामा नौ दिनको ब्रत राख्ने व्यक्तिले दाह्री, जुँगा र कपाल का ट्नु हुँदैन । यद्यपि यो क्रममा बालबालिकाको कपाल मु’न्डाउनु भने शुभ मानिन्छ । नौ दिनसम्म नङ पनि का ट्नु हुँदैन ।
यदि नौरथामा कलश स्थापना गर्दै हुनु हुन्छ, माताको पाठ गर्दै हुनु हुन्छ र अखण्ड ज्योति बाल्दै हुनु हुन्छ भने यी नौ दिनसम्म घर छाड्नु हुँदैन । नौरथामा प्याज, लहसुन र मां शा हारी खाना खानु हुँदैन ।
नौ दिनसम्म ब्रत बस्ने व्यक्तिले का लो पहिरन लगाउनु हुँ’दैन । ब्रतालुले बेल्ट, चप्पल–जुत्ता, ब्या’ग जस्ता छा’लाबाट बनेका कुराहरु प्रयोग गर्नु हुँदैन । ब्रतालुले नौ दिनसम्म कागति का ट्नु हुँदैन ।
ब्रतालुले नौ दिनसम्म अन्न र नुनको से’वन गर्नु हुँदैन । नौ दिनसम्म गहुँको पिठो, साबूदाना, सिधे नुन, फलफुल, आलु, ड्राई फ्रुट्स, बदाम आदि खान सकिन्छ ।
विष्णु पुराणका अनुसार नौ दिनसम्म ब्रतालुले दिउँसो सु त्ने, सू र्ती जन्य पदार्थ से’वन गर्ने र शा री रिक स म्ब न्ध राखेमा ब्रतको फल प्राप्त हुदैन भन्ने विश्वास रहेको छ ।