सोमबार १३ चैत्र २०७९

काठमाडौं / नेकपा माओवादी केन्द्रले देउवा सरकारमा हुने तीन मन्त्री र एक राज्यमन्त्रीकाे नाम छनाेट गरेको छ ।

माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री बनाउने भएको छ भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।

मन्त्रीहरुको नाम चयन गरिए पनि कुन मन्त्रालय दिने भन्ने विषयमा खुलाइएको छैन ।

हाल माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल रहेका छन् ।

१२१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया