शुक्रबार २२ मंसिर २०८०

यदि तपाई प्रत्येक दिन पुजा गर्नुहुन्छ अनी तपाईको मन असान्त रहेको हुन्छ भने यसको मतलब यो हो की तपाईको पुजापाठमा कहिँ केही ग’लत नहोस् । मनको शान्ति अनी जुन मनोकामनाले पुजा गरीएको छ, उसको प्राप्तिको लागी विधानपुर्वक पुजा गर्नु जरुरी हुन्छ । जान्नुहोस् पुजा गर्ने समयमा कुन कुराको ख्याल गर्ने अनी कुन नियमको कसरी पालना गर्ने।

शिव, गणेश अनी भैरवलाई तुलसी चढाउनु हुँदैन । स्नान नगरी तुलसीको पातलाई टिप्नु हुँदैन । शास्त्र अनुसार यदि कुनै व्यक्ति ननुहाइ तुलसीको पात टिप्छ भने पुजा गर्दा यस्तो पात भगवानद्धारा स्वीकार हुँदैन । तुलसीको पातहरुलाई ११ दिनसम्म बासी मानिँदैन । यसको पातहरुमा जल चढाएर पुन भगवानलाई अर्पित गर्न सकिन्छ ।

बिहिवार, एकादशी द्धादशी, संक्रान्ति तथा साँझमा तुलसीको पात टिप्नु हुँदैन । सुर्यदेवलाई शंखको जलबाट अघ्र्य दिनु हुँदैन । दुवो (एक प्रकारको घाँस)लाई बिहिवार टिप्नु हुँदैन । बुधवार अनि बिहिवार पिपलको रुखमा जल चढाउनु हुँदैन ।

प्लास्टिकको बोत्तल वा कुनै अप’वित्र धातुको भाँडामा गंगाजल राख्नु हुँदैन । अपवित्र धातु जस्तै एल्मुनियम तथा फलामबाट बनेको भाँडाहरु । गंगाजल तामाको भाँडामा राख्नु शुभ मानिन्छ ।

केतुकीको फुल शिवलिंगमा चढाउनु हुँदैन । कुनैपनि पुजामा मनोकामनाको सफलताको लागी दक्षिणा अवश्य चढाउनु पर्छ । माता लक्ष्मीको विशेष रुपले कमलको फुल अर्पित गरीन्छ । यस फुललाई पाँच दिनसम्म जल चढाएर पुन प्रयोग गर्न सकिन्छ ।

घरको मन्दिरमा विहान अनी साँझ दिप अवश्य बा’ल्नुहोस् । एउटा दिप घिउको अनी एउटा तेलको बा’ल्नुपर्छ । सुर्य, गणेश, दुर्गा, शिव तथा विष्णु यि पञ्चदेवता मानिन्छन् । यिनको पुजा सबै कार्यमा अनिवार्य रुपमा हुनुपर्छ । प्रत्येक दिन पुजा गर्ने समयमा यि पञ्चदेवको ख्याल गर्नुपर्छ । यसले लक्ष्मी कृपा अनी समृद्धि प्राप्त हुन्छ ।

७८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया