
काठमाडौँ / प्रधान’न्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधान’न्यायाधीको कुनै पनि हात नभएको बताएका छन् ।
सर्वो’च्च बार एसोसिएनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज प्रधान’न्यायाधीशले मन्त्रालय बाँडफाँटका विषयमा भाग खोजेको भन्ने विषयमा आएको समाचारप्रति ध्या’नाकर्षण गराउन गएको टोलीसँग प्रधान’न्यायाधीश राणाले सो कुरा बताएका हुन् ।
“मन्त्री कसलाई बनाउने भन्ने कुरा विशुद्ध कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाको हो, त्यसमा प्रधान’न्यायाधीशको कुनै हात हुँदैन, बाहिर आएको समाचारका विषयमा म ग’म्भीर छु, यसबारे छिटै अदा’लतबाट ख’ण्डन हुन्छ”, भेटमा प्रधान’न्यायाधीशसँग भएको कुराकानी उद्धृत गर्दै सर्वो’च्च बारका सदस्य विकास भट्टराइले जानकारी दिए ।
यससम्बन्धी समाचार शनिबार सार्वजनिक भएको थियो । प्रधानन्या’याधीश राणाले यस विषयमा आएको समाचार सत्य नभएको पनि सो प्रतिनिधिमण्डलसँग बताएका थिए । -रासस