सोमबार १५ जेठ २०८०

जया प्रधान (पोषणविद्) /

‘नानी रोएको छ, भो’क लाग्यो होला, खुवाइहाल’, ‘नानीलाई छिटो दुध खुवाउनु’ शिशुका आमालाई घरपरिवारले यस्ता कुरा भनिरहन्छन्, सम्झाइरहन्छन् । अर्थात् धेरैको ध्यान शिशुमा हुन्छ । तर शिशुलाई दुध खुवाउनुपर्ने भएकाले पोषिलो खाना समयमा खानु, आराम गर्नु जस्ता कुरा विरलै सुन्छौँ ।

हो, बच्चाले भन्न जान्दैन। त्यसैले उसलाई समय–समयमा आमाको दुध खुवाइरहनुपर्छ। सुरुमा पाएको पोषिलो आहारले उसको भावी जीवनलाई प्रभाव पार्छ। शिशुले जन्मदेखि कम्तीमा पनि ४ वा ६ महिनासम्म प्रशस्त मात्रामा आमाको दुध खान पाएको खण्डमा उसले आवश्यक पौष्टिक तत्व त पाउँछ नै, रोग प्रतिरोधात्मक शक्ति पनि प्राप्त गरी उसको सन्तुलित वृद्धि र विकासमा टेवा पुग्छ।

सर्वगुणसम्पन्न आमाको दुधको स्रोत अर्थात् आमाको पोषणको स्तर, उनले दैनिक प्राप्त गर्ने खानाको स्तरबारे भने तुलनात्मक रुपमा कम मात्र चासो राख्ने गरेको पाइन्छ।

अझ नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने स्तनपानलाई पौष्टिक र स्वास्थ्यका दृष्टिकोणले भन्दा पनि परम्परागत मान्यताको रुपमा अवलम्बन गरिएको छ। स्तनपानलाई प्राथमिकता दिँदा शिशुले यथेष्ट पौष्टिक तत्व प्राप्त गर्ने मौका पाउँछ। तर आमाको खानामा उचित ध्यान पुर्‍याउन नसकेमा उनको स्वास्थ्य प्रति’कूल अ’सर पर्न सक्छ।

प्रायजसो सुत्केरी महिलामा लौहतत्व, भिटामिन ए तथा प्रोटिनको कमी भएको कुरा अध्यानले देखाएको छ। साधारणतया महिलाहरु आफ्नो बच्चलाई स्तनपान गराउन सक्षम हुन्छन्।

टी’बी, ए’ड्स तथा विशेष औषधिको सेवन गरिएको अवस्थाबाहेक अन्य साधारण अवस्थामा स्त’नपान गराउन सकिन्छ। सफलताका साथ स्त’नपान गराउन सुत्केरी अवस्थाबाहेक गर्भवती अवस्थामा समेत महिलाको दैनिक खानामा ध्यान दिनुपर्ने हुन्छ।

आमाको पोषणस्तर जति राम्रो हुन्छ, त्यति नै गुणात्मक र परिणात्मक रुपमा शिशुले आमाको दुध प्राप्त गर्न सक्छ। एकातिर आमाको स्वास्थ्यस्थिति सन्तुलित राख्न र अर्कोतिर शिशुलाई यथेष्ट दुध उपलब्ध गराउन आमाको भोजनमा साधारणभन्दा थप खानाको व्यवस्था गर्नुपर्छ। महिलाको अवस्था, उनले गर्ने कामको प्रकार हेरि दैनिक भोजनमा क्यालोरी, प्रोटिन, भिटामिन, खनिज पदार्थ थप गर्नुपर्ने हुन्छ।

सुत्केरी महिलाले दैनिक आवश्यक सन्तुलित भोजन प्राप्त गर्न सकेमा शरीर स्वस्थ राख्न मद्दत मिल्छ। साथै, दुध बन्नका लागि शरीरमा जम्मा भएको पौष्टिक तत्वको पुनः पूर्ति हुनुका साथै शिशुका लागि प्रशस्त दुध उत्पादन गर्न मद्दत पुर्‍याउँछ। एक स्वस्थ दुध खुवाउने महिलाबाट करिब ६ सय मिलिलिटर प्रतिदिन दुध बन्न सक्छ।

आफ्नो दैनिक पौष्टिक आवश्यकता पूरा गर्न र उल्लिखित परिमाणमा दुध बन्न उनलाई दैनिक आवश्यकताबाहेक थप पोषिलो खानाको जरुरत पर्न सक्छ। सुत्केरी महिलाको प्रतिदिन उत्पन्न हुने ६ सय मिलि दूधमा प्राप्त पौष्टिक तत्वको परिमाण यस प्रकार छ :

आमाले गरेको भोजन क्यालोरीमध्ये ६० प्रतिशत क्यालोरी मात्रा दुधमा रुपान्तरण हुन सक्ने भएकाले ४ सय २० क्यालोरीका लागि दैनिक थप ७ सय क्यालोरी आवश्यक पर्नेहुन्छ।

यसैगरी आमाको दुधमा प्राप्त हुने ७.२ ग्राम प्रोटिनका लागि भोजनमा १४.४ ग्राम आवश्यक पर्ने हुनाले यस आवश्यक पर्ने हुनाले यस अवस्थामा २० ग्राम थप प्रोटिन अवस्थामा २० ग्राम थप प्रोटिन आवश्यक पर्छ।

यसैगरी दुध खुवाउने महिलाको भोजनमा दैनिक ७ सयदेखि १ हजार मिलिग्रामसम्म क्याल्सियम थप गर्नुपर्ने हुन्छ। आमाको दुध बन्न शरीरको कुल क्याल्सियममध्ये करिब २ सयदेखि ८ प्रतिशत खर्च हुने भएकाले यसको पूर्तिका लागि पनि थप क्याल्सियम आवश्यक पर्ने हुन्छ।

यदि दुई बच्चाबीचको जन्मान्तरको दूरी कम छ भने त्यस्तो स्थितिमा आमाको शरीरमा क्याल्सियम आवश्यक मात्रामा जम्मा हुन नसक्दा पछि गएर हाड कमजोर हुने सम्भावना हुन्छ। शिशु जन्मँदा रगत खेर जाने भएकाले यस समयमा बढी फलाम (लौहतत्व ) आवश्यक हुन्छ। तर स्तनपानको समयमा भने थप लौहतत्व त्यति आवश्यक पर्दैन।

सुत्केरी अवस्थामा गर्भवती अवस्थामा भन्दा कम लौहतत्व भए पुग्ने हुन्छ। प्राय प्रशस्त स्तनपान गराउन्जेलसम्म केही महिना महिनावारी नहुने र महिनावारी सुरु भएपछि भने थप लौहतत्व आवश्यक पर्ने हुन्छ। भिटामिन ए, बी, सी, फोलिक एसिडका हकमा भने थप आवश्यक पर्दछ। यसप्रकार आमाको खानाले उनको शरीरबाट उत्पन्न हुने दुधको गुण र परिमाणमा प्रभाव पार्छ। त्यसैले यस अवस्थामा सकेसम्म उचित भोजनको व्यवस्था गर्नुपर्ने हुन्छ।

हुन त कम’जोर आर्थिक अवस्था भएको र उचित भोजन प्राप्त गर्न नसकेको अवस्थामा पनि महिलाले आफ्नो बच्चालाई स्त’नपान गराउन सक्छिन्। यस्तो स्थितिमा आमाको शरीरका कोषहरुमा जम्मा भएका तत्वहरु प्रयोग भई दूध बन्ने भएकाले आमाले आफ्नो शिशुलाई स्त’नपान गराउन त सक्छिन्।

तर उनको शरीरमा बिस्तारै पौष्टिक तत्वको अभावबाट स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। यस्तो स्थितिमा प्राप्त भएको आमाको दुधको आयतन कम हुने तथा परिमाणमा समेत कम हुन सक्छ।

श’क्तिभन्दा पनि भिटामिन बी, सी, थायमिनको परिमाणलाई आमाको खानाले बढी प्रभाव पार्छ। यदि आमाको खानामा उल्लिखित भिटामिनको कमी छ भने शिशुमा यी तत्वको अभाव हुने धेरै सम्भावना हुन्छ।

यसैगरी जिंक र आयोडिनको अभाव छ भने पनि शिशुले पर्याप्त यी खनिज तत्व प्राप्त गर्न नसकी वृद्धि विकासमा असर पर्ने हुन्छ। शिशुको सर्वाङ्ग विकासका लागि चहिने सम्पूर्ण तत्वहरु आमाको दुधमा प्राप्त हुन्छ।

यसले आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने हुन्छ। जस्तै स्त’नपान गराउँदा आमाको शरीरबाट निस्कने एक प्रकारको हार्मोन अक्सिटोक्सिनले पा’ठेघरको मांसपे’शी खु’म्च्याउने, चाँडो र’क्त’स्रा’व रोक्ने, पहिलेको शारीरिक बनाबट र तौल कायम गर्ने, आमा र शिशुबीच बलियो भावनात्मक सम्बन्ध कायम राख्न मद्दत पुर्‍याउने हुन्छ।

त्यसैले गर्भवती अवस्थामा समेत आमाको दैनिक भोजनको उचित व्यवस्था गर्नुपर्छ। यसबाहेक घर परिवारबाट पूर्ण सहयोगका साथै उचित वातावरण उपलब्ध गराउन सकेमा अवश्य पनि सफलताका आफ्नो शिशुलाई स्त’नपान गराउन सक्छिन्। – स्वास्थ्य ख’बर पत्रि’काबाट ।

८९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया