
काठमाडौँ / नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रा’न्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन् । सिंह अखिल क्रा’न्तिकारीको इतिहासमै पहिलो महिला अध्यक्ष बनेकी हुन् ।
आइतबार (आज) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पञ्चा सिंहलाई नै अखिल क्रा’न्तिकारीको अध्यक्षमा चयन गरिएको निर्णय सुनाएका हुन् ।
अखिल क्रा’न्तिकारीले संगठनको अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो । संगठनभित्रै अध्यक्षका लागि सहमति नजुटेपछि पार्टी अध्यक्षले चयन जिम्मा लिनुपरेकाे हाे ।
अखिलकाे अध्यक्षका लागि मुख्य दाबेदारका रूपमा सुरेन्द्र बस्नेत, पञ्चा सिंहका साथै विजय गौतम, उत्तम अधिकारी, दिपेश पुन र तिलकराम भण्डारी रहेका थिए ।
उनीहरू यस विषयमा छलफल गर्न आइतबार प्रचण्ड निवास खुमलटार पुगेका थिए, सोही क्रममा प्रचण्डले सिंहलाई अध्यक्षमा चयन गरेको र बाँकीलाइ अन्य जिम्मेवारी दिइने बताएकाे स्राेतले जानकारी दियाे ।
यद्यपि यसको औपचारिक घाे’षणा भने भइसकेको छैन । अहिले अखिलको २२ औं राष्ट्रिय सम्मेलन जारी रहेको छ र यसैको ब’न्द सत्रबाट सिंहलाई अध्यक्ष चयन गरिएको घो’षणा गरिने जनाइएको छ ।