आइतबार १२ चैत्र २०७९

नेपालगञ्ज / बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ गाभरमा बाघले घे’रिएका तीन जना गोठालाको सकु’शल उ’द्धार गरिएको छ ।

गाभर निवासी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया अर्कि युवतीलाई निकुञ्जका हात्ती प्रयोग गरि सकु’शल उ’द्धार गरिएको हो ।

भैंसी र बाख्रा लिएर चराउन गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा बाघले घे’रेका थिए ।

बाघबाट जो’गिन रुखमा च’ढेका उनीहरुलाई निकुञ्जका हात्तीले उ’द्धार गरेका हुन् । बाघले घे’रिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरि माउतेले उद्धा’र गरेको स्थानीय टोपबहादुर भण्डारीले जानकारी दिनुभयो ।

बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जंगलमा पुनः बाघ देखिएको र बाघले घे’रेको भन्ने जानकारी आएपछि त्यसतर्फ हात्तीसहित नेपाली सेना परिचालन गरिएको जानकारी दिनुभयो। यो ख’बर आ’जको गोर’खापत्र दैनि’कमा छा’पिएको छ ।

२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया