सोमबार १५ जेठ २०८०

एजेन्सी / अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको को’भिड वि’रुद्धको एउटा खाने औषधिले ग’म्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृ’त्यु आधाले घटा’उने नतिजा प्राप्त भएको दा’वी गरेको छ ।

मोल्नुपिरभिर नामक सो खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम अन्त्यन्न सकारात्मक रहेको उत्पादक कम्पनी मर्कले जनाएको छ । मोल्नुपिरभिर चक्की को’भिडका बिरा’मीलाई दिनको दुईपटक दिइएको थियो । परिणाम उत्साहजनक भएकाले बाह्य अनुगमनकर्ताहरूले परीक्षणकाल छोट्याउन अनुरोध गरेको सो कम्पनीले जनाएको छ ।

मर्कले अमेरिकामा अबको दुई हप्तामा आपतकालीन प्रयोगका लागि अनुमति लिन नि’वेदन दिने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले परिणाम असाध्यै राम्रो समाचार भएको टिप्पणी गर्नुभएको छ । उहाँले अमेरिकी खाद्य तथा औ’षधि नि’यामक निकाय एफडीएले त्यो तथ्याङ्क समीक्षा नगरेसम्म भने सा’वधानी अपनाउन आ’ग्रह गर्नुभयो ।

यदि नियामकहरूले अनुम’ति दिए भने मोल्नुपिरभिर को’भिड–१९ का लागि पहिलो ए’न्टिभाइरल खाने औषधि बन्नेछ । सुरुमा इन्फ्लु’एन्जा उपचारका लागि विकास गरिएको यो औषधिले भा’इरसको जेनेटिक कोडमा परिवर्तन ल्याइदिने गरी डिजाइन गरिएको छ, जसले भाइरस शरीरमा फै”लनबाट रो’क्छ ।

को’भिड खोपमा भाइरसको बाहिर रहेको चुच्चो प्रोटिनलाई निशा’ना बनाइन्छ भने खाने चक्कीमा भाइरसले संख्या बढाउने इन्जाइमलाई नै निशा’ना बनाउने कम्पनीको दा’बी छ ।

एन्टिभाइरस उपचार वा खोप प्रभावकारी नभएका व्यक्तिमा खाने औषधिले काम गरेको खण्डमा महा’मारी अ’न्त्य गर्न यो ठूलो हतियार साबित हुने मर्कका उपाध्यक्ष डारिया हजुडाले बताउनुभयो । न्यु’ज 24 नेपा’लबाट ।

६९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया