
काठमाडौँ, १६ असोज / बरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले एमालेको प्रथम विधान महाधिवेशनमाथि टिप्प’णी गरेका छन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको तडक भडकलाई ‘निभ्न लागेको बत्ति’को संज्ञा दिँदै ‘कम्युनिष्टका नामको क’लंक’ भनेका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै यस्तो टिप्प’णी गरेका हुन् ।
संग्रौलाले केपी ओलीमाथि कटा’क्ष गर्दै भनेका छन्, ‘बालकोट–गोदावरी बाटाभरि ओलीका फोटैफोटा । लामबद्ध भक्तद्वारा ओलीको गोदावरी सवारी चलान । मञ्चमा न मार्क्स, न पुष्पलाल । मञ्चमा केवल ओली, बोतलमा ओली ।’ उनले अगाडि भनेका छन्, ‘६ हजारको भीडमा एक राजा, अरू प्रजा; एक देवता, अरू दा’स । एक प्रभु ओलीको देवत्वकरणमा ६ हजार भक्तको दास’त्वकरण । हैट, कम्युनिस्ट नामको यो कलं’क !’