शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफू नयाँ ढंगको जनयु’द्ध गर्न तयार रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा ‘सपनाको पाण्डूलिपी’ गिती संग्रहको विमोचन कार्यक्रम गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र र बाहिरबाट आफूलाई घेरब’न्दीमा पार्न खोजिएको भन्दै आवश्यक परे नयाँ ढंगको जनयु’द्ध गर्न तयार रहेको बताएका हुन् ।

उनले अहिले नै ह’तियार उठाउने वा भू’मिगत हुने नसोचेपनि नयाँ ढंगको जनयु’द्धको खोजी भइरहेको धारणा राखे । प्रचण्डले लाखौ जनता माओवादीसँग उत्रिए अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने बताए ।

उनले माओवादी नेतालाई एउटै मञ्चमा तत्काल नबोलाउन आग्रह पनि गरे । यसरी एउटै मञ्चमा बोलाउँदा पुनः पार्टी एकता हुन लागेकाले ध’क्का पुग्न सक्ने उनले बताए । प्रचण्डले जनयु’द्ध ल’डेका सवै नेताहरुले रियलाइज गरेपछि अन्तिममा सबै एकै ठाँउमा भेट हुनसक्ने जि’किर गरे ।

कार्यक्रममा जनता समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले पूर्वमाओवादीबीच कार्यगत एकता हुनसक्ने भएपनि एउटै ठाँउमा बस्ने भने सम्भव नभएको धारणा राखे । उनले पार्टी एकताका लागि विचार, सिद्धान्त, संगठनात्मक तथा तत्कालीन र दीर्घकालीन कुरा मिल्नुपर्ने बताए ।

अग्रगामी श’क्तिहरु प्रतिगमनका बि’रुद्ध एक भएर सहकार्य गर्ने र चूनावी तालमेल गर्नुपर्ने उनको भनाइ छ । जनयु’द्ध अध्ययन प्रतिष्ठानको आयोजनामा प्रगतिवादी कवि गीतकार तथा संगीताका दिलीपकुमार श्रेष्ठद्वारा रचित ‘सपनाको पाण्डुलिपी’ गीतिसंग्रह बिमोचन गरिएको हो । – न्यु’ज 24 नेपा’लबाट ।

८९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया