आइतबार १२ चैत्र २०७९

बैतडी / दशैँ नजिकिएसँगै रोजगारीका लागि देशबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट पनि घर फर्किनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ ।

रोजगारीका लागी भारतका विभिन्न सहरमा रहेका नेपाली मजदुर दशैँका लागि घर फर्किरहेका छन् । झुलाघाट नाका भएर हाल दैनिक ७० जनाभन्दा बढी नेपाल भित्रिने गरेका सी’मा प्र’हरी चौ’की झुलाघाटले जनाएको छ । सामान्य समयमा दैनिक झण्डै ३० जना फर्किने गरेका थिए । झुलाघाट नाका भएर दिनहुँ नेपाल भित्रिनेको सङ्ख्या बढ्दै गएको छ ।

उक्त नाका भएर स्वदेश फर्किने नागरिकको अनिवार्य रुपमा को’रोना परी’क्षण गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

को’रोना सङ्क्र’मणको जो’खिम कायमै रहेकाले सीमा नाकामा परीक्षण अनिवार्य गरिएको हो । उहाँले भन्नुभयो, ‘नाकामै हेल्थ डेस्क स्थापना गरेर परीक्षण गरिरहेका छौँ ।’

हेल्थ डेस्क स्थापना गरी उनीहरुको एन्टिजेन विधिमार्फत को’रोना परी’क्षण भइरहेको छ । झुलाघाट नाका भएर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका साथै कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोट लगायतका नागरिक आवतजावत गर्ने गर्दछन् ।

स्वदेशमा रोजगारीको अवसर नहुँदा यहाँका नागरिकलाई रोजगारीका लागि भारतकै भर पर्नुपर्ने बा’ध्यता छ । जिल्लामा हाल १७ को’रोनाका स’क्रिय सङ्क्र’मित छन् हालसम्म १८ जनाको मृ’त्यु भइसकेको छ । न्यु’ज 24 नेपा’लबाट ।

५९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया