
काठमाडौं/ नेकपा प्रचण्ड -माधब समुहकी नेतृ रामकुमारी झाँक्रीले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि नैतिकता बाँकी नरहेको बताएकी छन् ।संसदको फेस गर्न नसकेर संसदनै विघटन गरिदिने प्रधानमन्त्रीले फेरि राजीनामा नदिइकन संसदमा आउँदा मुख छोपेर आउन समेत सुझाव दिएकी छन् ।
`कानुनी र संबैधानिक तरिकाले प्रधानमन्त्री संसदमा आउन मिल्ला तर आफैले बिघटन गरेको संसदमा नैतिक रुपमा निच्च दाँत देखाएर आउनै गाह्रो होला।राजनीतिमा कानुन, बिधि र पद्धति भन्दा धेरै महत्त्वपूर्ण कुरा नैतिकता हो। यस्ता धेरै घटना देखेका छौँ कि दुनियाँको कुनै पनि ठाउँमा राजकीय पदमा बसेका ब्यक्तिको काम असफल भएपछि तत्काल राजिनामा दिन्छन् ।
उनले भनिन् ,`नेपालमै गिरिजाप्रसाद कोइरालाले सेना परिचालन गर्ने निर्णय गरे तर राजाले नमानेपछि उनले तत्काल प्रधानमन्त्री बाट राजीनामा दिए।यसैगरी राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा उठ्ने बित्तिकै झलनाथ र माधब नेपालले पनि राजिनामा दिनुभयो । कटुवाल प्रकरणमा प्रचण्डले पनि राजीनामा दिनुभएको थियो ।´
यसैगरी पार्टी बिभाजन गर्न हुँदैन भन्दैमा केपी ओलीले गरेका सबै अपराधलाई माफ गरेर कुइनो जोडेर बस्न नसकिने र सरकारले जनताको करको चरम दुरुपयोग गरेको उनले बताइन् ।
‘कम्युनिस्ट आन्दोलनलाई एकताबद्द गर्न ,नेकपालाई एकताबद्द गर्ने र आउँदो पुस्तालाई राम्रो पार्टी हस्तान्तरण गर्ने हो भने केपी ओलीको राजिनामा बिना पार्टी एकता पनि हुँदैन, अगाडि जान पनि सकिँदैन र यो मुलुक अझै अप्ठ्यारोमा जान्छ ।’ झाँक्रीले भनिन्।