
काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो टाउकोमा हजारौँको सहि’दको ऋण रहेको बताउनुभएको छ ।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले सो बताउनुभएको हो । उहाँले नेपालमा क्रान्तिबाट सामान्तवाद विरुद्ध राजनीतिक क्रान्ति सम्पन्न भएकाे बताउदै लेनिनले भनेजस्तो समाजवादी क्रान्ति गर्ने कि नगर्ने भन्ने अवस्थामा अहिले आएको बताउनुभयो ।
प्रचण्डले भन्नुभयो, ‘माओवादीले क्रान्तिकारी विरासत खडा गर्यो, जुन विरासत अरुसँग छैन, माओवादीसँग मात्र छ, हामी त्यो क्रान्तिलाई उठाएर नयाँ उचाइमा पुर्याउने वा यथास्थितीमा नै रहेर हामीपनि अरु जस्तै हो भनेर पतन हुने ? यस्तो सवाल हाम्रो अगाडि छ ।’
उहाँले पछिल्लाे समय नेताहरु सत्ता र पदकाे लालचीपना हाबी भएकाे बताउँदै विस्तारै विस्तारै माअाेवादी नेताहरुमा क्रान्तिकारी चरित्रमा ह्रास बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हामीमा सामाजिक , राजनीतिक क्रान्तिमा स्खलन भइरहेकाे छ ।’
साथै उहाँले जो जति माथि पुग्यो त्यति पत’न भएको आ’रोप पनि लगाउनुभयो ।
पार्टीलाई क्रान्तिकारी रुपान्तरण सम्भव रहेको बताउँदै गर्दा आफुले नै बनाएका नेताद्वारा प्रतिक्रान्ति भएको आ’रोप लगाउनुभयो । उहाँले त्यो प्रतिक्रान्तिको टार्गेट अरुबेलाको जस्तो नभएर माओवादीले क्रान्तिहरुलाई पनि हराउने टार्गेट भएको तर त्यसमा पनि आफुहरुको नै जीत भएको बताउनुभयो ।
माओवादी द्धन्दकालमा जस्तै अहिले प्रतिगमनकारीहरुको घेरा हालेको बताउनुभयो । पछिल्लो घटनाक्रमबाट आफुहरुमा अब क्रान्ति गर्ने कि छोड्ने भन्ने यक्ष प्रश्न आएको बताउनुभयो र सोही समयमा आफुमा पनि अब मैले क्रान्तिबाट आत्मसर्मपण गर्ने कि अघि बढ्ने भन्ने सवाल उत्पन्न भएकाे बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, राजनीतिक घे’राबन्दीमा पर्दा आफुमा पनि अब मैले क्रा’न्तिबाट आत्मसर्मपण गर्ने कि अघि बढ्ने भन्ने सवाल आएको थियाे, झण्डै झण्डै फेरी ल’डाँइ गर्ने कि भन्ने आ’त्मसमर्पण भन्ने सवाल र साे समयमा आफुले मैले आ’त्मसर्मण गर्न हुँदैन, मेराे टाउकाेमा त मूख्यगरी हजारौँ स’हिदको ऋण आफ्नो टाउकोमा छ भन्ने आएको बताउनुभयो ।