
काठमाडौं / ‘द भ्वाइस अफ नेपाल’ का विजेता किरण गजमेर नेपाल प्रवेश गर्न नपाउने भएका छन् । उनलाई गृह मन्त्रालयले नेपाल प्रवेशमा रो’क लगाएको छ।
उनी अमे’रिकी नागरिक भएका कारण 6aनेपाल आउन नपा’उने भएका हुन् । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरि’की नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् ।
गजमेरले नेपाल बस्न पाउने अवधि गुजा’री सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रो’क लगाएको हो । गजमेर सन् २०२१ भर अब नेपाल आउन पाउँदैनन् उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजा’रिसकेका छन् ।
अब गजमेर सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् । गत सोमबार (असोज ११ गते) कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए । सोही दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट उनलाई अमेरिका फिर्ता पठाइदिएको थियो ।
‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणमा गजमेरलाई दर्शकहरुले सर्वाधिक रुचाएका थिए । भुटानबाट विस्थापित भएपछि गजमेर परिवारसहित झापाको शरणार्थी शिविरमा बस्दै आएका थिए । संयुक्त राष्ट्रसंघले भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुर्नवास कार्यक्रम सुरु गरेपछि गजमेर अमेरिका गएका थिए ।
सन् २००६ बाट राष्ट्रसंघले भुटानी शरणार्थीलाई अमे’रिकामा पुर्नवास गराउन थालेको थियो । गजमेर सन् २०११ मा परिवारसहित अमे’रिका गएका हुन । त्यसपछि उनले अमेरि’काको राहदानी प्रयोग गर्दै आएका छन्। गजमेर प्रतिभावान गायक हुन् । उनी समाजसेवामा समेत सक्रिय छन्।
नेपाल र अमेरिकाबीच भीषा पारस्पारिकता भएपछि पर्यटन भीषामा दुवै देशका नागरिक एकअर्को मुलुकमा १८० दिन बस्न पाउँछन् । अमेरिका बाहेकका अन्य मुलुकका नागरिकहरुले पर्यटक भीषामा १५० दिन मात्र नेपालमा बस्न पाउँछन् । इता’जा खब’रबाट ।