
काठमाडौं / आफूलाई युकेको नागरिक हुँ भन्दै सामाजिक संजाल प्रयोग गरी ठ’गी गरेको अभि’योगमा बुढानिलकण्ठ नगरपालिका १० चुनिखेल बस्ने भोजपुर साल्पासिलिछो गाउपालिका ४ लिम्खिया घर भएका ३१ वर्षीय केदार राईलाई सोमबार प्र’हरीले प’क्राउ गरेको छ ।
केडि गोरखाली नामको फेसबुक आईडीबाट आफ्नै महिला साथीलाई आफू बेलायतको लाहुरे हुँ, बेलायत लैजान्छु, मेरो श्रीम’ती इटहरीमा सवारी दु’र्घटनामा मृ’त्यु भएको हो, छोराछोरी लण्डनमा होस्टल राखेको छु, नेपालमा आमा हुनुहुन्छ भन्ने जस्ता म्यासेजन्जर मार्फत कुराकानी गरेका थिए ।
गत भदौ १६ गते ग्राण्डी अस्पतालमा कले’जोको उपचाररत आमालाई केहि रकम आवश्यक परेको विश्वासमा पारी पटक पटक गरी १ लाख ६० हजार ५ सय रुपैयाँ, सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री समेतको धनमाल ठ’गी गरेको भन्ने पी’डितको सूचनाको आधारमा महानगरीय अ’पराध महाशाखा मिनभवनबाट ख’टिएको प्रह’रीले उनलाई प’क्राउ गरेको हो ।
उनलाई ठ’गी कसूरमा आवश्यक का’रवाहीको लागि महानगरीय प्र’हरी वृत्त बौद्धमा पठाईएको उक्त महाशाखाले जनाएको छ । न्यु’ज 24 नेपा’लबाट ।