मंगलबार १६ आश्विन २०८०

काठमाडौ/   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहका नेता जनार्दन शर्माले पार्टीलाई निकास दिन सचिवालय बाहेकका सांसदहरु छलफलमा आउन अपील गरेका छन् । उनले पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्ररुपले छलफल गर्न सांसदहरुलाई छलफलमा आउन अपील गरेका हुन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्यसमेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको सन्दर्भमा सचिवालय सदस्यहरु बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागी पहल गर्ने कुराको महसुस गरि पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्ने बारे स्वतन्त्ररुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु ।’

नेता शर्माले लेखेका छन्,‘यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएकोसमेत जानकारी गराउँदछु ।’ पार्टीमा उत्पन्न वि वादलाई सैद्धान्तिक, पदीय झ गडाका रुपमा आ आफ्ना बुझाइ रहेको बताउँदै सांसदहरुले आफैँप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको शर्माले उल्लेख गरेका छन् ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न वि वादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एवम् पदीय झ गडाका रुपमा आआफ्ना बुझाइ रहेका छन् । जे भएपनि जननिर्वाचित संसदसमेत भंग हुने अवस्था सम्म पुग्नु हामी सबैका लागी दुर्भाग्यपूर्ण अवस्था हो ।’

उनी अगाडी लेख्छन्, ‘जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझ पुर्ण निर्णयबाट संसदको पुनस्स्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका संसदहरुले आफैँप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको छ ।’ पुर्वमन्त्री समेत भईसकेको शर्माले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ९ सदस्यीय सचिवालय बाहेकका सांसदहरुको छलफलको प्रस्ताव गरेका हुन् ।

यस अगाडि पनि शर्माले पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको धारणा राखेका थिए। उनले विभाजनउन्मूख अगाडि भनेका थिए , ‘दुई नेताले के गर्लान् भनेर अब हेरेर बस्नु हुँदैन ।

पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ ।’ शर्माले एकताको एक अभियान्ताको नाताले सबै नेता कार्यकर्तालाई पार्टी एकताको पक्षमा योगदान गर्न अपिल गरेपनि नेकपा दुई खेमा विभाजित भएको छ।

उनले लेखेको स्टाटस जस्ताको तस्तै : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एंवम पदीय झगडाका रुपमा आआफ्ना बुझाइ रहेका छन् । जे भएपनी जननिर्वाचित संसद समेत भंग हुने अवस्था सम्म पुग्नु हामी सबैका लागी दुर्भाग्यपूर्ण अवस्था हो ।

जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझ पुर्ण निर्णय बाट संसदको पुन:स्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका संसदहरुले आफै प्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको छ ।

जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्ने बारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको सन्दर्भमा सचिवालय सदस्यहरु बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागी पहल गर्ने कुराको महसुस गरी पार्टी,आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्ररुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु ।

यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएको समेत जानकारी गराउँदछु । कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ ।।

१९२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया