
काठमाडौ / नेपालको इतिहासमै पहिलो पटक नेपाल राष्ट्र बैंकमा पहिलो पटक एक जना महिलाले राष्ट्र बैंकको प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका पाएकी छन् । पहिलो पटक महिला कायममुकायम गभर्नर बनेकी छन् ।
सरकारले डेपुटी निलम ढुंगाना तिम्सिनालाई असोज ६ गतेदेखि कायममुकायम मुकर्रर गरे पछि उनले यो अवसर पाएकी हुन् । दसैंको मु’खमा चुनौ’तीको सा’मना गर्न निलम अघि सरेकी छन् । उनले अब गर्भनरका हैसियतले गर्ने प्राय सबै अधिकार प्रयोग गर्न पाउने छन् ।
गभर्नर महाप्रसाद अधिकारी सं’क्रमित भएका कारण उनले यो अवसर पाएकी हुन् । यद्धपी गर्भनर मुलुकमै रहँदा सम्म जुनसुकै अवस्थामा पनि कायममुकायम दिने प्रचलन थिएन ।
निलमलाई भने गर्भनर नेपालमै भएको अवस्थामा पनि यो अवसर दिएको छ । असोज ५ गतेको परीक्षणमा पो’जिटिभ देखिएपछि अधिकारी आराम गरेर बसेका छन् । अर्थ मन्त्रालयको पत्रमा अधिकारी निको भएर कार्यालय नआएसम्मको लागि तिम्सिनालाई कायममुकायम दिइएको उल्लेख छ ।
बैंकमा अहिलेसम्म कुनै पनि गभर्नर मुलुकभित्र रहँदा डेपुटीलाई कायममुकायम दिएको इतिहास छैन । तर यसपटक अधिकारीको अनुरोधमा अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर उक्त व्यवस्था गरेको हो । प्रायः गभर्नरले मुलुक बाहिर गएको अवस्थामा मात्र कायममुकायम दिने गर्थे ।
यसअघि तत्कालीन गभर्नर युवराज खतिवडाले आफ्नी आमाको नि’धनपछि १३ दिनसम्म झापामा धार्मिक परम्परा बमोजिम किरिया बस्दा पनि अधिकार दिएका थिएनन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३१ मा अधिकार प्रत्यायोजनको व्यवस्था छ । जसमा गभर्नरले बैंकको काम सुचारु रुपले सञ्चालन गर्न ऐ’नबमोजिम प्राप्त गरेको अख्ति’यारी डेपुटी गभर्नर वा बैंकका अन्य कर्मचारीहरुलाई सुम्पन सक्नेछ भनेर लेखिएको छ ।