मंगलबार ०७ चैत्र २०७९

काठमाडाैं / नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग ल’ड्न तयार रहेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’

प्रचण्ड र बादल दुवै चितवनका हुन् । उनले माओवादी कार्यकर्ताहरु आफूतिर आइरहेको पनि बताए । पूर्वमाओवादी नेतासमेत रहेका बादलले भने, ‘माओवादीभित्रको अन्तरवि’रोध देखिराख्नुभएको छ,

त्यो कुरा स्वयं प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ, कतै म एक्लो हुने त होइन, सबै मन्त्री हुनलाई लु’छाचुडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनु भएको छ, त्यसको अर्थ सबै प्रचण्डको प’छाडि लागेका छन् भन्ने त बुझिएन ।’

उनले सभामुख अग्नि सापकोटाको पनि आ’लोचना गरेका छन् । सभामुख सापकोटाले निष्पक्ष निर्णय नग’रेर पार्टीको कार्यकर्ताको भूमिका निर्वाह गरिरहेको आ’रोप बादलले लगाए । उनले भने, ‘उहाँले (सभामुख सापकोटाले) लोकतन्त्र, विधि उ’ल्लंघन गरिराख्नु भएको छ ।’

अहिलेको सरकार लोकतन्त्र, राष्ट्रियता र समृद्धिको वि’रुद्धमा लागेको आ’रोप उनले लगाए । अर्को एक प्रसंगमा उनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई परिमार्जन गरेर स्वीकार गर्नुपर्ने पार्टीको धारणा रहेको पनि बताएका छन् ।

७९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया