
काठमाडौं / नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचको सिसा फु’टाउने एक युवालाई प्रह’रीले प’क्राउ गरेको छ । शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम पश्चिमका एक २५ वर्षे युवाले सिसा फु’टाएर श्रीपेच ल’गाउन खो’जेपछि प्र’हरीले उनलाई निय’न्त्रणमा लिएको हो ।
शुक्रवार बिहान अवलोकन गर्न पुगेका पश्चिम रुकुम मुसिकोट-११ का खीमबहादुर घर्तीले सिसा फु’टाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए । सिसा फु’टा’उँदा उनको हात समेत का’टि’एको छ। उनलाई अहिले से’नाले निय’न्त्रणमा राखेको छ।
कसरी बन्छ श्रीपेच ?
पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार श्रीपेचमा ७ सय ५० टुक्रा हिराका हार छन् । १६ वटा मणिमाणिक्य छन् । श्रीपेचको पछिल्तिर कल्की झु’न्डिएको हुन्छ । कल्की चराको पुच्छर हो ।
दाहालका अनुसार ‘बर्ड अफ प्याराडाइज’ नामको चरोको पुच्छरबाट कल्की बनाइएको हो । यो चरा दुर्लभ र संरक्षित चरा हो । यो चराको पुच्छर अमेरिकाबाट ल्याएर श्रीपेच आकर्षक बनाउने काम राणा प्रधानमन्त्री चन्द्रशमशेरले गरेका थिए ।
ज्ञानेन्द्रले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यसको लगत संकलन गरिएको थियो । नेपाल सुनचाँदी व्यवसायी संघका पदाधिकारीले यसको लगत तयार पारेका थिए । त्यसक्रममा कल्कीबाहेकको भागमा हिरा, मोती, माणिक, नवरत्न र सुन प्रयोग भएको जनाइएको थियो ।
श्रीपेचलाई श’क्तिको प्रतीकका रूपमा लिइन्छ । दाहालका अनुसार श्रीपेचको सुरुवात शाहवंशीय राजा राजेन्द्रविक्रमको पालामा भएको हो । राणा प्रधानमन्त्रीले पनि श्रीपेच लगाउँथे । प्रधानमन्त्री माथवरसिंह थापाले श्रीपेच लगाएका थिए ।
‘श्रीपेच श’क्तिको प्रतीक हो,’ दाहालले भने, ‘यो लगाएपछि राजा–महाराजाले आफूलाई दैवीश’क्ति प्राप्त भएको ठान्थे । मुकुट श’क्तिको प्रतीक हो । देवीदेवतालाई पनि मुुकुट लगाइदिने प्रचलन छ ।’
श्रीपेच र रा’जदण्ड प्रदर्शनीमा :
पूर्वराजा ज्ञानेन्द्र शाहले २९ जेठ २०६५ मा हस्तान्तरण गरेको श्रीपेच र रा’जदण्ड सार्वजनिक प्रदर्शनीमा राखिएको छ । नारायणहिटी संग्रहालय खुलेको १० वर्षपछि श्रीपेचलगायत १२ बहुमूल्य सामान प्रदर्शनीमा राखिएको हो ।
जनआ’न्दोलनको ब’लमा स्थापित संविधानसभाले गणतन्त्र घोषणा गरेपछि तत्कालीन राजा ज्ञानेन्द्रले श्रीपेच र राजद’ण्डसहित राजकीय अवसरमा प्रयोग गर्ने सामग्री सरकारलाई हस्तान्तरण गरेर दरबार छा’डेका थिए । त्यसको करिब १० महिनापछि २०६५ फागुन १५ बाट नारायणहिटीलाई संग्रहालयका रूपमा खोलिएको थियो ।