आइतबार १२ चैत्र २०७९

काठमाडौँ / यस वर्ष २०७७ सालको मदन पुरस्कारबाट ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ का लेखक अध्येता भगिराज इङ्नाम सम्मानित हुने भएका छन् ।

बिहीबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ पुस्तकका लागि इङ्नामलाई मदन पुरस्कार दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

मदन पुरस्कार गुठीले नेपाली इतिहासका प्राथमिक सामग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकाले लिम्बुवानको ऐतिहासिक दस्तावेजलाई मदन पुरस्कार प्रदान गरेको जनाएको छ । मदन पुरस्कार गुठीमा २०७७ सालमा प्राप्त २ सय २२ पुस्तकमध्येबाट गुठीले ९ वटाको मदन पुरस्कार श्रेष्ठ सूची सार्वजनिक गरेको थियो ।

गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको ‘कल्प ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको फिलिंगो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र इङ्गनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह रहेका थिए ।

दिक्षितका अनुसार यस वर्षको जगदम्बा श्री पुरस्कार भने नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ ।

८५० पटक हेरिएको

तपाईको प्रतिक्रिया