सोमबार ०१ कार्तिक २०७८

काठमाडौं / नेकपा (एकीकृत समाजवादी) को अनौपचारिक बैठकले पदाधिकारीमा सहमति जुटाएको छ । नेकपा (एस) का नेता राजेन्द्र पाण्डेका अनुसार पार्टीका चार उपाध्यक्ष र महासचिव तथा उपमहासचिवको नाम टुंगो लागेको हो

पाण्डेका अनुसार पार्टी महासचिवमा डा‍ बेदुराम भुसालको नाममा सहमति जुटेको छ । त्यस्तै उपाध्यक्षहरूमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमालको नाम टुंगो लागेको छ । उपमहासचिवमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला रहने छन् ।

सचिवमा भने रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन हुने छन् । यी नामलाई आज बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ भने पोलिव्युरो र केन्द्रीय कमिटी पनि विस्तार हुने पाण्डेले बताए ।

१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया