आइतबार १२ चैत्र २०७९

वि.सं. २०७८ आश्विन ०७ गते बिहीवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर २३ तारिख, रा’क्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०५:५८ बजे, चन्द्रास्त : बिहान ०८:१४ बजे र चन्द्रोदय : बेलुका ०७:४० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०५:५० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त : साँझ ०६:०३ बजे,

आश्विन कृष्णपक्षको द्वितीया तिथि, बिहान ०५:५६ बजेसम्म, त्यसपछि तृतीया तिथि, रेवती नक्षत्र, बिहान ०७:०३ बजेसम्म, त्यसपछि अश्विनी नक्षत्र, चन्द्रमा मीन राशिमा, बिहान ०७:०३ बजेसम्म, त्यसपछि मेष राशिमा, ध्रुव योग, दिउँसो ०३:१४ बजेसम्म, त्यसपछि व्याघात योग, सुरुमा गर करण बिहान ०५:५६ बजेसम्म, त्यसपछि वणिज करण साँझ ०६:३७ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, (भद्राको वास : स्वर्गलोक), आनन्दादि योग : मित्र, चन्द्रवर्ण : रा’तो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : उत्तर, वारशूल : दक्षिण, धनिष्ठा पञ्चक/सरुन समाप्ति (बिहान ०७:०३ बजे), वाणपञ्चकमध्ये चो’र वाण : बेलुका ०८:०६ सम्म, नक्षत्र शूल : दक्षिण, का’लराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज : सोह्र श्राद्धअन्तर्गत तृतीया श्राद्ध, आजको मूहुर्त :

आगामी ३ दिनभित्र पर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०८ गते : सोह्र श्राद्धअन्तर्गत चतुर्थी श्राद्ध, सङ्कष्टी श्री गणेश चतुर्थी व्रत, भरिणी श्राद्ध, इन्द्रध्वज पातन (नानीचाया, गातिला), मूहुर्त : अन्नप्राशन(पास्नी), ०९ गते : सोह्र श्राद्धअन्तर्गत पञ्चमी श्राद्ध, १० गते : सोह्र श्राद्धअन्तर्गत षष्ठी श्राद्ध,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मनमा देखिएका नि’राशा र खि’न्नता क्रमश: हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दु:खसु’ख, आ’यव्यय, सफलता–अ’सफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ केशवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छि’प्पिदै जाँदा मनमा वै’राग्य र निरा’शाका भा’वना सञ्चरण हुनसक्छन् । त’र्क, व’हस र वा’दविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्नेछ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : छिरबिरे/रङ्गीबिरङ्गी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

अक’र्मण्यता र ला’परवाहीका कारण बन्न लागेको कुनै काम अन्ति’म समयमा बि’ग्रन पनि सक्छ, त्यसैले आज लगनशील र विवेकपूर्वक काम गर्नुपर्छ । चञ्चलता र घमण्डले अप्ठ्यारामा परिन्छ । ढिलो हुनसक्छ, तर सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । मु’द्दामामिला र झै-झगडाबाट टाढा रहनु राम्रो हुन्छ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : का’लो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बगलामुखीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

कल्पना, भावना, प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि अनुकूल समय देखिंदैन । सानातिना र झिनामसिना काममा तल्लीन हुनुपर्ने भएकाले सामान्यतया दिन बितेको पत्तो पाइँदैन, तर सोचेजस्तो लाभ प्राप्त गर्न अनुभवीको राय लिनु पर्नेछ, अनिमात्र व्यवसायिक र सामाजिक क्षेत्रमा खटेजति सफलता प्राप्त हुनेछ । बेलुकाको वास वा खानपीनमा फेरबदल हुनसक्छ । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वास्तुदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज बि’ग्रिनै लागेको कुनै काम बन्नसक्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । मनमा आध्या’त्मिक र वैरा’ग्यका भावना सञ्चरण हुनसक्छन् । पारमार्थिक कामप्रति चासो बढ्नेछ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हुन्छ । व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना था’ती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गुरवे नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सानातिना काम र घरेलु सम’स्यामै अ’ल्मलिएर आजको दिन व्य’तीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो का’ट्दा हो’स राख्नुपर्छ । आ’वेगमा आउनु ठीक हुँ’दैन । शीघ्र निर्णय र क्रो’ध आजका श’त्रु हुन् । यद्यपि देशपरदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्नसक्छ । आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वायुपुत्राय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

बिहान गरेका काममा ढि,’लोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ । आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रा’तो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सुरुमा पाँचौंचन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

प्रात:कालमा ए’क्लोपन र नि’राशा बढ्नाले मन एकतमासको हुनेछ, तर मूलत: आज बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय छ । त्यसैले बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति जसरी भएपनि समय निकाल्न सके राम्रो हुन्छ । हुन त बौद्धिक क्षमता राम्रो रहने छ । तत्काल योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ । आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रां ग्रीं ग्रौं स: गुरवे नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

शरीरमा आ’लस्यले डेरा जमाउने छ । मा’नसिक तना’व र उ’ल्झनलाई झे’ल्नुपर्ने छ । महत्त्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनु हुनेछ । कुनै महत्त्वपूर्ण काम बन्ने सम्भावना पनि छ, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रा’तो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नम: भद्रकाल्यै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

धार्मिक, सामाजिक र परोपकारी काममा दौ’डधूप गर्नुपर्ने छ । सामाजिक काममा म’रिहत्ते गरी ख’ट्दासमेत चाहेको परिणाम नआउनाले दि’क्क लाग्नेछ । कताकता भाग्यलाई दो’ष दिन मन लाग्नेछ । मनमा वैरा’ग्यको भावना पलाउन सक्छ र आध्यात्मिक र दार्शनिक भावनाको विकास हुनेछ । आज गरिएको परोपकारको कामबाट रोकि’एको काम बन्नसक्छ । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सि’न्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धरणीसुताय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

समग्रमा धैर्य, संयम र सचेत भई बस्नु जायज हुनेछ । बोलीमा उत्ता’उलोपन हुने भएकाले संय’मता अपनाउनु राम्रो हुन्छ । चिसो चिजबिज खानपान नगर्नु बेस हुनेछ । मनमा कौतूहलता र छ’टपटी भए पनि आजको दिन आर्थिक रूपमा सामान्यतया लाभ प्राप्त हुनेछ । छिट्टै प्रतिफल आउने लगानीले फाइदा हुनसक्छ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

४६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया