मंगलबार ०९ आश्विन २०८०

बर्दिया / पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेसँग मात्र सुखी नेपाली समृद्ध नेपालको परिकल्पना भएको बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटि बर्दियाले सदरमुकाम गुलरियामा आयोजना गरेको बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँगै परिकल्पना साकार पार्ने योजना समेत रहेको बताए ।

समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्न एमालेसँग दृष्टिकोण, चिन्तन, नीति, कार्यक्रम रहेकाले एमालेले मात्र साकार पार्न सक्ने दा’वी गरे । लिम्पियाधुरा, लिपुलेक, का’लापानी समावेश गरी नक्सा छाप्न सफल भएको बताए ।

भा’रतसँग नेपाली भूमि फि’र्ता गर्न बा’र्ता गरेको, छिमेकीसँग सन्तुलित ढंगले सम्बन्ध बढाएको, अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उठाएको हुनाले सबै नेपालीको दृष्टि आशावादी रहेको प्रष्टाए । अगुवा कार्यकर्ता भेलामा जिल्ला भरीका नेता कार्यकर्ता सहभागी थिए ।

६०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया