
काठमाडौं / नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रीको सपथ ग्रहण गरेसँगै आज साढे ८ बजे न्यूयोर्क प्रस्थान गर्दैछन् । बुधबार दिउँसो मन्त्रीको सपथ लिएका उनले अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भ्रमणको लिस्टमा नभएको बताएका छन् ।
उनले पदभार ग्रहण गरेपछि अमेरिका भ्रमणका सन्दर्भमा भने, ‘हाम्रो टोली राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हो । भ्रमणको लिस्टमा एमसीसी प्राथमिकतामा छैन ।’
साथै, एमसीसीबारे सिर्जना भएका मि’थ्या कुरालाई ध्यानमा राखेर राष्ट्रको हितमा काम गर्ने पनि उनले बताएका छन् । उनले भने, ‘एमसीसीबारे सिर्जना भएका मि’थ्या कुरालाई ध्यानमा राखेर राष्ट्रिय हित, सार्वभौमसत्ता र सुरक्षालाई ख्याल राखेर अघि बढ्छु ।’
राष्ट्रसंघको महासभामा भाग लिन पाउनु खुसीको कुरासँगै कूटनीतिक सम्बन्ध विस्तारको अवसर पनि रहेको उनले भनेका छन् ।
यसैगरी राष्ट्रसंघीय महासभामा भाग लिएर नेपाल फर्केपछि राजदूतहरु सिफारिस गर्ने समेत उनले बताएका छन् । ‘म फर्केर आएपछि मात्र कुन देशमा कस्तो व्यक्ति पठाउने र साझा हित हेरेर राजदूत पठाउँछौं,’ उनले भने ।