
काठमाडौं / सरकारले ४० वर्ष उमेर समूह माथिका सबै नागरिक ६५ लाख ३७ हजार ३ सय २९ जनाको पिसाब जाँच गर्ने भएको छ । देशका प्रत्येक वडा वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहसचिव डा. कृष्ण पौड्यालले जानकारी दिए ।
बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले मिर्गौला रो’गबाट जोगाउन पूर्व सुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको बताए । ४० बर्ष माथिका देशभरका नागरिकको पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने जानकारी दिए ।
उनले पूर्व रोकथाममा ध्यान नदिए मिर्गौला रो’गी बढेर सरकारले धान्नै नस’क्ने अवस्था आउने भन्दै सरकारले पूर्व सुरक्षाका लागि ध्यान दिएको जानकारी गराए ।
सरकारले यो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० वर्ष माथिका नागरिकको र’क्तचाप, पिसाब तथा रग’तमा ग्लुकोज जाँच, स्त’न क्या’न्सर र पा’ठेघरको मुखको क्या’न्सरको वर्षमा एकपटक निःशुल्क जाँचको व्यवस्था गरेको थियो । सोही नीति कार्यान्वयन स्वरुप ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्न लागिएको हो ।
छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रत्येक वर्ष ३ हजार जनाको मि’र्गौला फे’ल हुने गरेको बताउँदै मि’र्गौला फे’ल भएकाहरुलाई डा’यलासिस गर्न प्रयाप्त मेसिन नर’हेको बताए । उनले प्रत्येक जिल्लामा डाय’लासिस सेन्टर र प्रत्येक प्रदेशमा मि’र्गौला प्र’त्यारोपण अस्पताल बनाउन आवश्यक रहेको बताए ।
रा’तो पा’टीबाट ।