
काठमाडौ / गर्भाव’स्था देखि नै निकै चर्चामा रहेकी नायिका प्रियंका कार्की आमा बनेकी छिन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् ।
सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको जानकारी दिएकी छन् । गर्भावस्थाका अनौठा तस्बिर सार्वजनिक गरेका कारण चर्चामा रहेकी प्रियंका आमा बन्ने अवसरको पर्खाइमा रहेकाहरुका लागि उनले जानकारी दिएकी छन् ।
आफ्नो पहिलो सन्तानको तस्बिर पनि उनले सार्वजनिक गरेकी छन् । जसमा प्रियंका, उनका पति आयुष्मान देशराज जोशी पनि देखिएका छन् । उनीहरुले आफ्नो पहिलो सन्तानलाई काखमा लिएको तस्बिरमा देख्न सकिन्छ ।
प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।
नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं. २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए । प्रियंकाको यो दो’स्रो विवाह हो । स्वतन्त्र आफ्ना भनाई राख्ने प्रियंका कहिलेकाँही यस्तै भनाईले आ’लोचित पनि हुन्छिन् ।
तर उनले त्यस्ता कुराहरुको बेवा’स्ता गर्ने गरेकी छन् । उनीहरुले ग’र्भावस्थाको जानकारी दिएको विषय पनि चर्चामा थियो । हामी ग’र्भवती भयौं भन्दै उनीहरुले जानकारी दिएका थिए । जुन स्टाटसको आ’लोचना पनि भएको थियो ।
पहिलो चरणको ल’कडाउनपछि प्रियंका ग’र्भवती भएकी थिइन् । ग’र्भवती भएपछि प्रियंकाले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा, आ’लोचना सबै भएको थियो ।