आइतबार १२ चैत्र २०७९

काठमाडौं / सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फि’र्ता बोलाउने निर्णय गरेको छ ।

मंगलबार बसेकाे मन्त्रिपरिषद्को बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फि’र्ता बोलाउने निर्णय गरेको का’नुन न्या’य तथा संसदीय मा’मिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे ।

मन्त्रिपरिषद्को निर्णयपछि चीन, भारत, संयुक्त राज्य अमेरिका लगायतका देशमा कार्यरत सबै नेपाली राजदूत फि’र्ता हुनुपर्नेछ । परराष्ट्र सेवाबाट गएका राजदूत भने फि’र्ता हुने छैनन् ।

संयुक्त राज्य अमेरिकाका लागि डा युवराज खतिवडा, चीनका लागि महेन्द्रबहादुर पाण्डे, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलगायतका सबै राजदूत तत्कालै फि’र्ता हुनुपर्नेछ ।

यस्तै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, कतारका लागि नेपाली राजदूत नारद भारद्वाज, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेसमेत फि’र्ता हुनुपर्ने छ ।

यसैगरी इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्य, स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पालगायतका राजदूतसमेत फि’र्ता हुनेछन् ।

अघिल्लो सरकारले राजदूत नियुक्तिको मा’पदण्ड विप’रीत केही व्यक्तिलाई राजदूत बनाउने निर्णय गरेको थियो । सो निर्णयसमेत वर्तमान सरकारले फि’र्ता गरिसकेको छ । राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयले कार्यविधि बनाएको भए पनि त्यसको परिपालना नभएको भन्दै आलोचना हुँदै आएको थियो ।

राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूत फि’र्ता बोलाइएको र ती देशमा छिट्टै नयाँ राजदूत नियुक्त गर्ने सरकारको तयारी छ । न्यु’ज 24 नेपा’लबाट ।

७२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया