शुक्रबार २२ मंसिर २०८०

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले केपी शर्मा ओली समूहमा लागेका सात जनालाई पार्टीबाट निलम्बन गरेको छ ।

बुधबार बसेको नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै नेताहरू विशाल भट्टराई, महेश बस्नेत, प्रभु शाह, निरुदेवी पाल, शान्ता चौधरी, सूर्य थापा र कर्णबहादुर थापालाई छ महिनाका लागि निलम्बन गरिएको हो ।

यस्तै दाहाल–नेपाल समूहले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई छ महिना पार्टीबाट निलम्बन गरेको छ । नेम्वाङलाई अनुशासनमा बस्न अनुरोध गर्दै छ महिना निलम्बन गरेको हो ।

उक्त समूहले यसअघि नै पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्ष र साधारण सदस्यबाट हटाइसकेको छ ।

७१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया