शुक्रबार १२ आश्विन २०८०

काठमाडौँ / नेकपाको दाहाल–नेपाल समूहले नेकपा ओली समूहका नेता तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई छ महिना पार्टीबाट निलम्बन गरेको छ ।

आज बसेको केन्द्रीय कमिटीको बैठकले नेम्बाङलाई अनुशासनमा बस्न अनुरोध गर्दै छ महिना निलम्बन गरेको हो ।

उक्त समूहले यसअघि नै पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्ष र साधारण सदस्यबाट हटाइसकेको छ ।

९६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया