
काठमाडौं / काठमाडौंबाट ओखलढुङ्गा जिल्लाको खिजी देम्बा गाउँ पालिका जादै गरेको डबल क्याबको बोलेरो हिजो रामेछापमा दु’र्घटना हुँदा एकै परिवारका दुई सहित तिन ज’नाको मृ’त्यु भएको छ ।
प्रदेश ३- ०१-०२३ च ३५१३ नं प्लेट भएको उक्त बोलेरो रामेछापको मन्थली नगरपालिका वार्डनं ६ को कुनौरी बो’क्से भि’रबाट करिब ७०० मिटर तल रहेको तामाकोशीको किनारमा अच’नाक ख’स्न पुगेको थि’यो ।
सो दु’र्घटनामा परी बोलेरोमा सवार ओखलढुङ्गा जिल्ला खिजी देम्बा गाउँपालिका वार्डनं-६ साल्मेका ३३ बर्षका लाक्पा शेर्पा, उनकी श्रीमती २८ बर्षकी फुर्बा शेर्पा र बोलेरो चालक सोही गाउँ पालिका वार्डनं २ बिला गैह्रा बस्ने अन्दाजी ३६ बर्षका वाङछे शेर्पाको घटनास्थ’लमै मृ’त्यु भएको रामेछाप प्र’हरी निरीक्षक श्री शंकर श्रेष्ठले बताउनु भएको छ ।
दु’र्घटनामा परी ग’म्भीर घा’ईते भएका मृ’तक दम्पत्तीका ६ बर्षिय बालक दावा शेर्पाको रामेछाप सदरमुकाममा रहेको तामाकोशी अस्पतालमा उ’पचार स’म्भव नभए पछी घा’ईते बा’लकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
बोलेरो दु’र्घटनामा परी मृ’त्यु बर’ण गरेका लाक्पा शेर्पा र उनकी श्रीमती फुर्बा शेर्पा दुवै जना यस अघि कामका सिलसिलामा पोर्चुगलमा रहँदै आएका थि’ए ।
यसै क्रममा लाक्पा शेर्पा पोर्चुगल बाट ४ दिन अघि मात्र नेपालमा आएका थिए भने उनकी श्रीमती फुर्बा शेर्पा ६ महिना अघि नेपाल आएका थिए ।
खिजी देम्बा गाउँ पालिका वार्डनं-६ साल्मेमा रहनु भएका बाबा सर्की शेर्पा, आमा लगायत परिवारका सदस्यहरूलाई दर्शन भेट गर्न काठमाडौंबाट बोलेरोमा सवार भई बिहान खिजी देम्बा गाउँ पालिका वार्डनं-६ साल्मे जादै गरेका पोर्चुगलको ग्रिन कार्ड होल्डर लाक्पा शेर्पा दम्पत्तीको घर पुग्ने मात्र होइन पोर्चुगल फर्केर जाने लगायतका सारा सपनाहरू अधु’रै रह्यो । इ’ताजा खब’रबाट ।