आइतबार १७ मंसिर २०८०

काठमाडौ / दशैँ मनाउनका लागि उपत्यकाबाट बाहिर जाने यात्रुका लागि यही असोज १० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । गत वर्ष महा’मारीका कारण दशैंमा क’डाइ गरेको सरकारले यो वर्ष भने दशैं मनाउन दिने संकेत देखाएको छ । यो वर्ष संक्रमितको संख्या पनि घट्दै गएको छ ।

यातायात व्यवस्था विभाग, ट्राफिक, यातायात व्यवसायीबिच बिहीवार भएको छलफलले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । समयमा टिकट नपाउने पाए पनि ठ’गिने, महँगो भाडा तिर्नुपर्ने समस्या नदोहोरियोस् भनेर यस वर्ष समयमै टिकट बुकिङ खुलाउन लागेको सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघले जनाएको छ ।

‘विगतका वर्षहरु यातातयात व्यवसायी र सरकारबीच तालमेल नमिल्दा बुकिङ अन्तिममा खुल्थ्यो र यात्रुहरुमा अन्योलता देखिन्थ्यो’, महासंघका महासचिव भरत नेपाल भन्छन् ।

१० गतेपछि यात्रुहरुले भौतिक रुपमा उपस्थित भएर अथवा अनलाइनबाट पनि बुकिङ गर्न सक्नेछन् । लामो दुरीका लागि २८ प्रतिशत भाडा ओली सरकारकै पालामा बढिसकेको छ ।

पुरानो बसपार्कलाई हटा’एसँगै अरनिको राजमार्ग हुँदै १० वटाभन्दा बढी जिल्लामा जाने गाडीहरु कोटेश्वरमा अस्तव्यस्त बन्ने गरेको उनले बताए । त्यसलाई व्यवस्थापन गर्न सम्भव भए खुलामञ्चबाटै नत्र तिनकुनेदेखि बालकुमारीको करिडोरलाई प्रयोग गर्नुपर्ने उनीहरुको मा’ग छ ।

६०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया