आइतबार १७ मंसिर २०८०

काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौको मिनभवनमा नयाँ पार्टी कार्यालय उद्घाटन गरे । उद्घाटनका क्रममा सबैभन्दा चर्चामा रहेकी रामकुमारी झाँक्री देखिइनन् । सबैले त्यो कुरालाई आश्च’र्यको रुपमा लिए । तर उनी जिल्ला बाहिर भएका कारण सहभागी हुन नसकेको कारण खुल्यो ।

पार्टी कार्यालय उद्घाटनका बेला पुगेका आफु निकट पत्रकारहरुसंग नेपालले भलाकुसारी गरे । सो क्रममा उनले पार्टी विभाजनको बेला अन्तिममा एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरूको अपमान हुने गरि नबो’ल्न र नले’ख्न निर्दे’शन दिए । योगेश भट्टराई, रघुजी पन्त, अष्ट लक्ष्मी शाक्य लगायतका १० नेताहरुले उनलाई अन्तिम अवस्थामा धो’का दिएका थिए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको च’र्को आ’लोचना गर्ने भिम रावलले समेत नेपालको साथ छो’डे । यस्तो किन भयो ? नेपालसंग साक्षातकारमा बसेका पत्रकारहरुले नेपाललाई प्रश्न गरे ।

पार्टी प्रचार विभाग र समाजवादी प्रेस संगठनका नेताहरूसँगको छलफलमा उनीहरुले यस्तो प्रश्न गरेका थिए । पत्रकारको प्रश्नको जवाफमा नेपालले त्यो स्वभाविक प्रकृया भएको बताए ।

सीपी मैनालीदेखि धेरै साथीहरू यसबीचमा छुटेको भन्दै पछिल्लो पटक छुटेका १० स्थायी समिति सदस्य छिट्टै आफूसँग आइदिए हुन्थ्यो भने । नेकपा (एस)निकट पत्रकार नेताहरूले रघुजी पन्तले समेत माधव नेपाललाई छा’डेकोमा अचम्म लागेको भन्दै नेपालसँग यसबारे सोधेका थिए ।

नेपालले भने आफूलाई पनि अचम्म लागेको मात्र जवाफ दिए । उनले आफुलाई धो’का दिएर गएका नेताहरुका बारेमा अपमा’न हुने गरी नले’ख्न र अरुलाई पनि त्यस्तो गर्न नदिन नि’र्देशन दिए ।

४०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया