
काठमाडौं / सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घटेको छ ।
हिजो (बिहीबार) तोलामा ९० हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज १४ सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा झरेको हो ।
यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ३० रुपैयाँले घटेर चाँदीको भाउ आज ११ सय ७० रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।