शुक्रबार २२ मंसिर २०८०

काठमाडौँ / इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान) ले इन्टरनेटको शुल्क बढाउने भएको छ ।

नेपाल टेकिलम र नेपाल विद्युत प्राधिकरणले पोलसहित आफ्ना पूर्वाधारको भाडा बढाएपछि इन्टरनेटको सेवा प्रदायक कम्पनीहरुले पनि शुल्क बढाउने निर्णय गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरणले बढाएको पोल भाडा पुनरावलोकन गर्न नमा’नेपछि आइस्पानले इन्टरनेटको शुल्क बढाउने भएको हो ।

इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान)को बुधवार बसेको बैठकले सहरी क्षेत्रमा हरेक ग्राहकसँग प्रति–महिना एक सय ५० र ग्रामीण क्षेत्रमा तीन सय रुपैयाँका दरले शुल्क बढाउने निर्णय गरेको आईस्पानले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणलाई पोल भाडा नब’ढाउन आग्रह गर्दा पनि प्राधिकरणले नमा’नेको भन्दै शुल्क बढाउने निर्णय गरिएको आस्पानको भनाइ छ ।

यसअघि विद्युत् प्राधिकरणले एउटा पोल प्रयोग गरेबापत प्रतिमहिना दुई सय ५० रुपैयाँ लिने भएपनि अबदेखि किलोमिटरका दरले शुल्क तोकेकेले र हिसाब गर्दा अहिले एउटा पोलको मासिक भाडा सात सय ५० रुपैयाँसम्म पर्न आउने भएकाले शुल्क बढाउनुको अर्को विकल्प नभ’एको आस्पानले जनाएको छ ।

शुल्क बढाउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा नि’वेदन दिने उनीहरूले तयारी गरेका छन् । दूरसञ्चार प्राधिकरणले इन्टरनेटको अनुमति दिएलगत्तै शुल्क बढ्नेछ । न्यु’ज 24 नेपा’लबाट ।

५०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया