शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी (जसपा)को सङ्घीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।

मङ्गलबार सामाजिक सञ्जालमार्फत थापाले भट्टराईलाई प्रधानमन्त्री बनाऔँ भन्ने आफ्नो प्रस्ताव रहेको बताएका हुन् ।

उपचारका लागि फागुन ९ गते भारतको राजधानी नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री भट्टराईले त्यहाँबाट फर्किएपछि पाँच बुँदे कार्य प्रस्तावना सामाजिक सञ्जालमा राखेका थिए ।

आजै नेपाल फर्किएका उनले लेखेका छन्, ‘दस दिनको प्रवासपछि स्वदेश फर्कँदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो । यसो गरौँ अहिलेको समस्याको जरो २०६५–६६ पछि भत्केको राजनीतिक सहमति हो । बाटो बिराए पुरानै ठाउँमा फर्कनू भनेझैँ एक पटक फर्गिभ एन्ड फर्गेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसँगै यी काम गरौँ…’,

उनले अगाडि लेखेका छन्, ‘टीआरसीलगायत शान्तिप्रक्रियाका बाँकी काम पूरा गरौँ, सहमतिले संविधान संशोधन गरौँ; संवैधानिक अङ्गगहरूलाई निष्पक्ष बनाएर सुशासन दिउँ , समावेशी समृद्धिको बृहत् गुरुयोजना बनाएर कार्यान्वयन गरौँ, विश्व–छिमेकमा बदलिँदो भूराजनीतिलाई ध्यान दिँदै मुख्यतः भारत–चीन–अमेरिकासँग असल सम्बन्ध बनाउँ’

बाबुरामलाई जवाफ दिँदै थापाले लेखेका छन्, ‘दिल्लीमा स्वास्थ परीक्षण–उपचार गरेर फर्कनेबित्तिकै यस्तो मौलिक सोच आउनु मित्रको उर्वर मस्तिष्कको प्रशंसा गर्नैपर्छ । बरु यो सबै कामका लागि भर्खरै दिल्लीबाट स्वस्थ भएर फर्कनुभएका तापाईँलाई नै प्रधानमन्त्री बनाऔँ भन्ने मेरो प्रस्ताव छ । यसो गरे कसो होला, सहपाठी मित्र ?’

हेर्नुहोस् प्रस्ताव:-

५८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया