आइतबार १७ मंसिर २०८०

काठमाडौं / इजरायल जानका लागि लिइएको भाषा परीक्षामा २ हजार २९ जना उत्तिर्ण भएका छन् । इजरायलबाट केयरगिभरका लागि नेपाली कामदारको माग आएपछि भाषा परीक्षा लिइएको थियो । उक्त परीक्षामा ७ हजार ९ जना सामेल भएका थिए ।

जसमा २ हजार भन्दा बढीको नाम निस्कीएको बैदेशिक रोजगार विभागले जनाएको छ । इजरायल जानका लागि अंग्रेजी भाषा अनिवार्य छ । उत्रिण भएका परीक्षार्थीहरुबाट १ हजार नेपाली कामदार छनौट हुनेछन् ।

उत्रिण भएका सबैलाई अब उचाइ र तौल जाँच गरिने बताइएको छ । उक्त परीक्षणका लागि असोज, १, २ र ३ गते बिहान र दिउँसोको समय निर्धारण गरिएको छ । यो क्रम पार गरेपछि उनीहरुको अन्तर्वार्ता असोज ४ गतेदेखि ९ गतेसम्म हुने विभागले बताएको छ ।

सो चरण पनि पार गरेका परीक्षार्थीहरुको अंक तालिकासहितको विवरण इजरायको निकायमा पठाइने र त्यहाँबाट नतिजा प्रकाशन गरिनेछ । यसरी इजरायल जाने नेपाली कामदारको २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै उचाइ कम्तीमा एक दशमलव पाँच मिटर अर्थात चार दशमलव नौ फिट हुनुपर्नेछ । साथै तौल पनि कम्तिमा ४५ केजी हुनुपर्ने उल्लेख गरिएको छ । न्यु’ज 24 नेपा’लबाट ।

४९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया