सोमबार २० मंसिर २०७८

काठमाडौं, २९ भदौ / भोलिबाट मुलुुक बजेट विहिन हुने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको बजेटको प्रतिस्था’पन विधेयक पा’रित नहुँदै संसद स्थ’गित भएपछि मुलुक भोलिबाट बजेटवि’हिन हुने भएको हो । यसकारण सरकारी खर्च भोलिबाट रो’किनेछ ।

विधेयक भदौ ३० गतेसम्म पारित गर्नुपर्नेमा नभएपछि अब स्वतः निस्क्रिय हुने देखिएको छ । यो विधेयक पारित नगरेपछि अब सरकारी खर्च रो’किने भएको हो । तर कर उठाउने व्यवस्था भने जारी रहने भएको छ ।

सरकारले पेश्की खर्च नगर्ने स्पष्ट पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले भने सरकारले नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि बढ्ने बताउदै आएका छन् । असोज ४ गतेसम्मका लागि संसद स्थगित भएको छ । संसद स्थगनले बजेट अनिश्चित भएको छ । रि’पोर्टर्स नेपा’लबाट ।

२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया