सोमबार ०३ माघ २०७८

एजेन्सी/ महिलाले लगाउने बुर्काका बारेमा स्वीट्जरल्याण्ड जनमत संग्रहमार्फत निर्णय लिने अवस्थामा पुगेको छ ।

बुर्कामाथि बहस चलिरहेका बेला यूरोपियन देश स्विट्जरल्याण्ड यस्तो निर्णयमा पुगेको हो । सार्वजनिक स्थानमा महिलालाई बुर्का लगाउन छुट दिने वा नदिने भन्ने कुराको फैसला अब त्यहाँका जनताले जनमत संग्रहमार्फत गर्न पाउने भएका छन् । जसमा पूरै देशका जनताले आगामी ७ मार्चमा महिलालाई बुर्का लगाउन बन्द गर्ने वा खुला राख्ने भन्नेमा मतदान हुने भएको छ।

यसका साथै लोकतान्त्रिक प्रणालीमाथि पनि जनतामार्फत केही सुझाव मागिएको छ । वीओन बेवसाइटका अनुसार स्विट्जरल्याण्डमा मुस्लिम आवादीलाई लिएर लामो समयदेखि चर्चा चल्दै आएको छ ।

यसपटक भने जनमत संग्रहमार्फत सार्वजनिक स्थानमा आफ्नो अनुहार छोप्न नहुने विषयमा राय मागिएको छ । यूरोपका अन्य देश मसलन नेदरल्याण्ड, जर्मनी, फ्रान्स, अस्ट्रिया, बेल्जियम र डेनमार्कमा बुर्का लगाउन प्रतिबन्ध छ ।

हालै स्विट्जरल्याण्डले राखेको प्रस्तावलाई मुस्लिम महिलाको विरोधमा मानिएको छ । केहीले भने, धार्मिक स्थल र स्वास्थ्य सम्बन्धी समस्या भएका महिलाका लागि बर्का लगाउन छुट दिनुपर्ने माग गर्दै आएका छन् ।

३६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया