
काठमाडौं / नेकपा एमालेमा नयाँ द्व’न्द्व सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच फेरि द्व’न्द्व सुरु भएको हो ।
ओलीले पार्टी विभाजनको विप’क्षमा उभिएका विरो’धी समूहलाई साथमा लिन १० बुँदे सहमति कार्यान्वयनको प्रतिवद्धता जनाएपनि हुबहु नगर्ने स्पष्ट पारेपछि वि’वाद निस्किएको हो ।
सहमति अनुसार नेताहरु २ जेठ २०७५ मा जुन भूमिकामा थिए त्यहीमा रहने थिए । तर, उपाध्यक्ष रहेका रावल सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा कायमै राख्न ओली तयार भएनन् ।
सुदूरपश्चिममा माओवादीबाट एमालेमा गएका लेखराज भट्टलाई ओलीले इञ्चार्ज राखे । आफूनिकटस्थ कर्ण थापालाई अध्यक्ष राखे । ओलीको त्यस कामप्रति रावल रु’ष्ट भएका छन् । उनले १० बुँदे कार्यान्वयनबारे प्रश्न उठाएका छन् ।
विधान महाधिवेशनमा सहभागी हुनेमध्ये १० प्रतिशत मनोनित गर्ने ओलीको निर्णयप्रति पनि रावललगायत समूहको अस’न्तुष्टि देखिएको छ । ओलीले पक’ड बलि’यो बनाउने उक्त निर्णय लिएको बुझाई उनीहरुको छ ।
रावल सुदूरपश्चिम पुगेर निकटस्थसँग छलफल गर्दैछन् । उनले अब कसरी बढ्नेबारे निर्णय लिने बुझिएको छ । सुदूरपश्चिम रावलको पक’ड क्षेत्र हो ।
माधव नेपाललाई पार्टी विभाजनमा साथ नदिएर रावलले धो’का दिएको विषय पनि उठाउने गरिएको छ । नेकपा (एस) का नेताहरु अहिले रावलले ध’क्का खाएको भन्दै पालैपालो अरुलाई पनि कि’नारामा पार्दै ओली अगाडि बढ्ने बताउन थालेका छन् ।