आइतबार १७ मंसिर २०८०

काठमाडौं / नेपाल प्रह’रीको जावनमा नाम निकाल्न सहयोग गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाडलाई धन्यवाद दिने एक युवक प’क्राउ परेका छन् ।

उनले नेपाली काँग्रेसको सिफारिसमा प्युठानका ११ जना र नेपाल भरीबाट ४१ जनाको नाम निकाल्नमा सहयोग गरेको भन्दै फेसबुक स्टाटस लेखेका थिए ।

प्युठान प्र’हरीका अनुसार प’क्राउ पर्नेमा प्युठान जिल्ला ऐरावति गाउँपालिका १ का नरेन्द्र गुरुङ रहेका छन् । उनले आफ्नो पहलमा नेपाली काँग्रेस प्युठान उपसभापति बद्री लम्सालसहित अन्य तीन जनाको सिफारिसमा ४१ जनाले प्रह’री जवानमा नाम निकाल्न सफल भएको स्टाटसमा उल्लेख गरेका थिए । सबैको नाम निस्केको भन्दै उनले गृहमन्त्री खाडलाई धन्यवाद दिएका छन् ।

उनले फेसबुक स्टाटसमा यस्तो लेखेका थि’ए :-

मेरो व्यक्तिगत पहलमा प्युठानी छोराहरुले नेपाल प्रह’रीमा नाम निकाल्न सफल भएका छन् । भाइहरुलाई हार्दिक बधाइ छ । नेपाली काँग्रेस प्युठान उपसभापति बद्री लम्साल ज्यूको सिफारिसमा ११ जना हिमाल, श्याम, राजन लगायत अन्य साथीहरुको सिफारिसमा गरि देश भरमा ४१ जनाको नाम निकाल्न सफल भएको छु । सहयोगका लागि माननीय गृहमन्त्री बालकृष्ण खाड ज्यूलाई धन्यवाद !

३५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया