सोमबार १५ जेठ २०८०

यो घटना दाङ तुलसीपुरको हो । एक जना पुरुष श्रीमती र छोरीलाई बिचल्ली पारेर हराए । अर्की महिला लिएर हिडेपछि घरमा श्रीमती र सानी छोरीको बिचल्ली भएको छ ।

आफ्नो २३ वर्षको सानै उमेरमा सानी छोरीको जिम्मेवारी कसरी लिने भन्ने समस्या पनि उनको अगाडी छ । उनका श्रीमान् गंगाराम केसी अहिले भारतमा रहेको खुलेको छ ।

पाँच वर्षसम्म उनले श्रीमती र छोरीको खोजी गरेनन् । तर श्रीमती मिना केसी मिडियामा आएपछि गंगाराम पनि टेलिफोन सम्पर्कमा आएका हुन् । हिमान्चलको सिम्लामा आफु रहेको उनले बताएका छन् ।

फोन सम्पर्कमा आएका गंगारामले उल्टै श्रीमतीलाई नै आरोप लगाएका छन् । श्रीमतीले नै आफुलाई धोका दिएर अरु कुनै ब्यक्तिसँग नजिकिएको थाहा पाएपछि यस्तो निर्णय लिएको बताएका छन् । आफु वैदेशिक रोजगारीका लागि वाहिर (साउदी अरव) गएर आए पछि आफुले त्यस्तो धोका पाएको भनाई छ ।

विदेश जाँदा लागेको ऋण तिर्न नसकेपछि काठमाडौमा बसेर केही महिना सम्पर्कविहिन भएको बेलामा श्रीमतीले फेसवुकमा अन्य ब्यक्तिसँगको तस्बिर राखेको आफुले देखेपछि आफुलाई पनि रिस उठेको बताएका छन् । त्यती बेला आफुले अर्को विवाह गरिसकेको र त्यसको जानकारी जेठी श्रीमतीलाई नभएको उनको भनाई छ ।

कान्छी श्रीमतीलाई पनि आफु विवाहित थिए भन्ने बारेमा नबताएर झुटो बोलेर विवाह गरेको भएर आफु सम्पर्कविहिन भएको बताए । उनले जेठी श्रीमतीलाई थाहा नदिएर जग्गा जमिन बेचेको आरोप स्वीकार गरेका छन् । हे’र्नुहोस् भिडियो:-

१०८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया