बिहिबार ११ आश्विन २०८०

काठमाडौं / अ’मेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँग सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराको सम्बन्ध विशेष रुपमा जोडिएको छ । किनभने, महरा सभामुख रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एमसीसी सम्झौता संसद्मा टेबुल गर्न पटक–पटक ‘द,बाब’ दिएका थिए । तर, सभामुख महराले प्रधानमन्त्री ओलीको आग्रहलाई मानेनन् र दुईबीचको सम्बन्धमा द’रार आयो ।

प्रधानमन्त्री र सभामुखको सम्बन्धमा एमसीसीले दरार ल्याएको विषयलाई स्वीकार्दै महराले रा’तोपाटीसँग भने, ‘उहाँले मलाई तीन पटकसम्म यसलाई पास गर् भन्नुभयो । त्यो मैले नमानेकै हो । उहाँले त्यस्तो प्रेसर गर्नु हुँदैनथ्यो । किन गर्नुभयो, उहाँको विषय हो ।’

अहिले एमाले नेता भीम रावल लगायतले एमसीसी सम्झौ’तालाई रा’ष्ट्रघाती भन्दै वि’रोध जनाएकोमा महरा खुसी देखिएका छन् । एमसीसीमा एमालेको अडानबारे सोधिएको प्रश्नमा महराले भने, ‘अहिले उहाँहरूले जुन धारणा ल्याउन खोज्नुभएको छ, एमसीसी यो रा’ष्ट्रघाती हो र यसलाई पास गर्नुहुँदैन भन्ने धारणा सही छ ।’

परिमार्जन नगरी एमसीसी पारित गर्नुहुँदैन भन्ने माओवादी पार्टीको बटमलाइन रहेको महराले स्पष्ट पारे । साथै सत्तारुढ गठबन्धन पनि यथास्थितिमा अहिले यसलाई पारित गर्न हुँदैन भन्ने ‘पोजिसन’ मा रहेको स्पष्ट पारे ।

अहिले एमसीसीले नेपाल सरकारलाई लेखेको जवाफ अपर्या’प्त रहेको महराले संकेत गरे । यो इन्डो प्यासिफिक सै’न्य रणनी’ति हो कि हैन भन्नेबारे एमसीसीले जवाफ लेखेर नपुग्ने बताउँदै उनले यसबारे अ’मेरिकी सरकारसँगै ‘डिल’ गर्नुपर्ने बताए । रा’तो पा’टीबाट ।

१२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया