
काठमाडौं / स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बुधबार दिन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज तेजाबी सुन ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बुधबारको तुलनामा तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ । बिहीबार चाँदी १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।