शुक्रबार ०५ कार्तिक २०७८

काठमाडौं / अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले ‘एमसीसी’ अनुदानका विषय भएकाले यसमा वि’वाद हुनुनपर्ने बताएकी छन् ।

विहीबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको शिष्टाचार भेटमा एमसीसी उपाध्यक्ष सुमारले यस्तो बताएकी हुन् ।

उक्त भेटमा सुमारले एमसीसीका बारेमा एमालेको धारणा बुझ्न खोजेकी थिइन् । सोही क्रममा सुमारले एमसीसी अनुदानका विषय भएकाले यसमा वि’वाद हुनुनपर्ने भनाइ राखेकी हुन् । भेटपछि एमसीसी उपाध्यक्ष सुमारले संक्षिप्त प्रतिक्रिया दिँदै नेपालमा आउदा खुसी लागेको प्रतिक्रिया दिएकी थिइन् ।

त्यस्तै एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसीका प्रतिनिधिले एमालेको पोजिसनका बारेमा जानकारी लिएको बताए । ओलीले भेटघाटका लागि धन्यवाद दिदै एमसीसी सम्झौ’ताका बारेमा आफ्नो नेतृत्वको सरकारले अघि बढाएपनि अहिले प्रतिप’क्षीमा रहेको बताए ।

अध्यक्ष ओलीले आफूहरु सरकारमा रहँदा सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको बताउँदै अहिले सरकारले एमालेसँग यसबारे कुनै परामर्श नगरेको बताएका छन् ।

बिहीबार नै नेपाल आएको एमसीसी प्रतिनिधि मण्डलले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगाइतका नेतासँग भेट गर्ने कार्यक्रम छ ।

त्यस्तै शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट हुने बताइएको छ । नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन् ।

१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया